बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया (७ दशमलव ३९क्यूविक फुट)सहित सार्कीलाई...


लोकसंवाद संवाददाता,   पुष १५, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासूबुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
लमजुङ । अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका २ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
झापा। नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह७ का ५९ वर्षीय...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
चितवन । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनाक्तिलाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको अपरेसन महाहन्ट७ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
कैलाली । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ । बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका१...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
इलाम । समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७२०२०)मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी,...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
झापा । जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भद्रपुर२ का ३६ वर्षीय...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
हेटौँडा । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकालापमार्फत कार्य सञ्चालन...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
उदयपुर । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समीक्षा कार्यक्रममा जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना वृद्धि भएको...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
उदयपुर । उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका५ का राधा खड्का...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटकपटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका...