बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
झापा । मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी...
लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७


लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
झापा । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड५ बिहानीटोलबाट अर्जुनधारा६ का २५ वर्षीय आशीष थापालाई...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
दाङ । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एककोे मृत्यु भएको छ । लमही नगरपालिका७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ । बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका५ का...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७७
काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया छन् । मन्त्रालयको मङ्गलबारको सचिवस्तरीय निर्णयले तिनलाई...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
काठमाडौँ । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योगलाई खाद्य ऐन२०२३ अनुसार कानूनी...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
काठमाडौँ । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
काठमाडौँ ।वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका- १६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
काठमाडौँ । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका- १ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । कृषि विकास बैंक मूख्य...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
सुनसरी । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो । नेपाल टेलिकम...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । बिहीबार बिहान...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
उदयपुर । जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा एक किशोरलाई बिहीबार तीन महिनाको जेल सजायसहित १० हजार रुपैयाँ जरिवाना गर्ने पैmसला गरेको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
उदयपुर । पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली१ ओख्लेका ३५ वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उहाँका अनुसार साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका१२ बेलघारीबाट तीन लाख नगदसहित १९ जुवाडे पक्राउ परेका छन् । स्थानीय राजेन्द्र पन्तको कुखुराको फार्ममा कौडा खेलिरहेका १९ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा...