बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका५ स्थित सेती नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका१ डाँडागाउँ बस्ने ३५ वर्षीय रामकुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका दर्जीको...
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् । सो वडामा गाउँ माथि तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ । लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं ।ईलाम, देउमाई नगरपालिका-४ मजुवास्थित सार्की खोलामा डुबेर सोही नगरपालिका-२ पुङफुङ बस्ने ७२ वर्षीया सञ्च रानि लिम्बुको बिहीबार मृत्यु भएको छ । देउमाई नगरपालिकाको कार्यालयमा बृद्धभत्ता लिन गई घर फर्कने क्रममा उक्त खोलामा डुबेर उनको मृत्यु भएको हो । कैलाली,...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं ।चितवन, सर्लाही र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका-५ भण्डारा चोकस्थित सडकमा बा.३ ख १५४७ नम्बरको बसले प्रदेश ३-०-००१ प ६३२५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिंदा स्कुटरमा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
झापा । झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, बाच्छाबाच्छी र गोरुमा अनौठो किसिमको सङ्क्रमण देखा परेको छ । भैँसी र राँगामा यसको समस्या कम देखिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
महोत्तरी । असारदेखि नै लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा पिरोलो बढेको हो । असारदेखि लगातार जसो पानी परिरहेकाले लहरे तरकारी बालि...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । भोटखोला२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ । 'पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ । जात्रा र पर्वको समय पनि शुरु भएको छ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
दमाैली । मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले बिहीबार जरिवाना गरेको छ । कोभिड१९ को जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटकपटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
दमौली । पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका८ भैसिकिलेका छ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ । गत असार २९ गते पहिरोले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
चितवन । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३०३००१प६...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
महोत्तरी । साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने राखी (रक्षाबन्धन)पर्वको चहलपहल यसपटक भने देखिएको छैन । कोविड१९ को महाव्याधीको त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् र यसले गर्दा सीमा क्षेत्रको (नेपालभारत)आउजाउ पनि सहज छैन । सिनेमा...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
जलेश्वर। महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
डडेल्धुरा । मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी जलस्तरमापन केन्द्र परीगाउँले सचेत गराएको छ । आज बिहान ११:०० बजे महाकाली नदीमा जलस्तर ६.५...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
दार्चुला । व्यास गाउँपालिका१ छाङ्गरुमा सीमा प्रशासन कार्यालयको बोर्ड टाँसिएको छ । यो कार्यालयमा २०७२ सालयता छाङ्गरुमा सीमा प्रशासनका कर्मचारी पुगेका छैनन् । विसं २०३४ मा छाङरुमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा २०७२ सालसम्म एक जना कार्यालय सहयोगी भए पनि...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
सल्यान । सल्यान शीतलपाटीमा रहेको ३३ केभी सबस्टेशनमा आगलागी हुँदा मङ्गलबारदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा बन्द भएको छ । जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकाले नेपालगञ्जबाट...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् । सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति...