जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २, २०७७
खोटाङ । भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी...


लोकसंवाद संवाददाता,   माघ २, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकासँग चीनको व्यापार बचत ९सरप्लस० गत वर्ष सन् २०२० मा अझ फराकिलो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चीनसँगको व्यापार अन्तरलाई कम गर्ने प्रयास गरेपनि त्यो असफल भएको नयाँ विवरणहरुले देखाएका छन् । कोरोनाभाइरस...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
एजेन्सी । श्रीलंका र इङल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार शुरु भएको छ । टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ । इङल्यान्डका तिब्र गतिका बलर स्टुआर्ट बोर्डले दुई विकेट...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ । काठमाडाैंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो । कैलाश एयरको हेलिकप्टर मध्याह्न करीब १२ः४५ बजे आँपपीपलमा...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
हुम्ला । तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको अर्थाभावका कारण उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि अर्थाभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो । घरको आर्थिक...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक इन्डोर सुटिङ स्टुडियो निर्माणको...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन अनुरोध...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
महोत्तरी । लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाके पनिमैथिल (मिथिलाका बासिन्दा) तिलासक्रायत पर्व मनाइँदैछ । पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ बहिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको अवस्था छ । माघे सङ्क्रान्ति पर्वलाई मिथिला...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
चितवन । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरुको यसवर्ष कमी आएको छ । गत वर्षका तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या थोरै नै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो । अघिल्ला वर्षहरूमा देवघाटमा स्नान गर्न आउने...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुयाएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती ९हाइमास्ट लाइट० जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक पर्व माघे,माघी र मकर सङ्क्रान्तिका अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, सुस्वास्थ्य, आपसी...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताउनुभएको छ । माघीपर्वको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताउनुभएको छ । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको बताउनुभएको छ । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उहाँले मगर...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
काठमाडौँ । उच्च महत्त्वाकाङ्क्षा र उच्च मनोबल नै प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वप्रिय औषधी हो । हरेक रोग, समस्या र चुनौतीको सामना यी दुई तत्त्वले निदान गरिरहेका छन् । पछिल्लो पटक पार्टी विभाजन भएपछि देशका विभिन्न भागमा पुगेर सहकर्मी नेताहरू...