जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
खोटाङ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि...


लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
ललिपुर । नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ । डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ । नेपालमानै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
बारा । जीतपुर सिमरा उपमहानगरपालिका११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनु भएको छ । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो ।...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
धनगढी । धनगढी उपमहानगरपालिका १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिनुभयो । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य शुरुआत भएपछि उहाँ खुशी देखिनु भएको हो । उहाँले भन्नुभयो ,सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
काठमाडौं । नेकपा ९एमाले०ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
काठमाडौं । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी,...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
ओखलढुङ्गा । मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासङ्घका अध्यक्ष नरेश...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
मोरङ । नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उहाँको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको छ...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
भक्तपुर । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट)जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते साँझबाट शुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ ९पाँचतल्ले० मन्दिर...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
काठमाडौँ । कवि अनिता लामा सामाजिक र राजनीतिक विषयमा चोटिला कविताहरू लेखि रहनु हुन्छ। समसायिक घटनाहरूले उहाँलाई तत्क्षण छुन्छन् र सिर्जना कोरेर सामाजिक सञ्जालमा पोस्ट गरिहाल्नु हुन्छ। समर्पण, अर्पण र आतुङ गरी ३ ओटा कविता संग्रह ल्याइसक्नु भएकीअनिता मंगलबार एकल...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
ताप्लेजुङ । सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् । मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले सेवा...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो कथासङ्ग्रह मावली दिदीको बुधबार प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ प्रा।डा। हेमनाथ पौडेल, प्राज्ञ...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
पोखरा । पोखरा महानगरपालिका११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्रका पानीका स्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । घरघरमा पानीका धारा पुगेसँगै सङ्कटमा परेका परम्परागत रूपका खानेपानीका स्रोतबाट वन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जङ्गली...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
भक्तपुर । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज तीन लाख...