बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
एजेन्सी । कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१।२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो । अघिल्लो वर्षको तुलनामा अप्रिल र...


लोकसंवाद संवाददाता,   असार ३०, २०७७
एजेन्सी । टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् । भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
खोटाङ । जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । जिल्ला समन्वय समिति खोटाङको सोमबार सम्पन्न चौथो जिल्लासभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गर्नुभएको प्रस्तावलाई जिल्लासभाले पारित गरेको हो । जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
प्युठान । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
डडेल्धुरा । जिल्लाको अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामै प्रयोगशाला स्थापना भएकाले अब धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाचँ गर्न पठाउनु पर्ने समस्या टरेको बताउनुभयो । पानीमा धमिलोपन, रासायनिक पदार्थको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
बाह्रबिसे । बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल,...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
नारायणगढ । नारायणगढमुग्लिन सडकखण्डको १७ किलोमा सोमबार असार २९ गते राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
बाजुरा । जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बूढीनन्दा३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिनुभएको छ । सोमबार...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
डोटी । आफूहरुलाई रु दश लाख दिएमा रु साढे तीन करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुइजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताउनुभयो । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
जोरपाटीसुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो । लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको काठमाडौँ...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
बागलुङ ।गलकोट नगरपालिका३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख हुनुहुन्छ । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उहाँलाई नयाँ सारङ्गी हातपरेको छ । उहाँ अहिले त्यही सारङ्गी रेट्नुहुन्छ र धुन भर्नुहुन्छ । लोपोन्मुख गन्धर्व जातिको लोकबाजा र संस्कृति...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आज विज्ञप्ति जारी गरी थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उहाँले पुर्याउनुभएको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ ज्यामिरे टोलमा सञ्चालित लघु जलविद्युत् आयोजना जीर्ण अवस्थामा पुगेपछि करिब १५० घर परिवारका उपभोक्ता प्रभावित बनेका छन् । हामसामी निवुखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले मात्रै मर्मत गर्न नसकेपछि जीर्ण अवस्थामा पुगेको हो...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
सुर्खेत । कोरोना भाइरसको जोखिमका कारण भारत तथा अन्य मुलुकबाट कर्णालीमा नागरिक भित्रिने क्रम रोकिएको छैन । गत जेठ ८ गतेदेखि २४ गतेजस्तो दैनिक हजारौँको सङ्ख्यामा भित्रिनेजस्तो भीड भने अहिले रोकिएको छ । गत जेठ दोस्रोतेस्रो सातासम्म एकै दिनमा दुईपाँच...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
जुम्ला । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
धनगढी । विदेशबाट फर्केर प्रदेशका क्वारेन्टिनमा बसिरहेका नागरिकको कोरोनाको परीक्षण गर्न लागिएको छ । कम्तीमा पाँच दिन क्वारेन्टिनको बसाई पूरा गरेका सबै नागरिकको पिसिआर पद्धतिबाट नमूना जाँच गर्न पहल भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।उहाँले भन्नुभयो,...