असार २३, २०७७, मंगलबार

शशी लुमुम्बू,   बैशाख १३, २०७७
बिहानैदेखि मेरो मन खोइ किनकिन एकतमासको अर्कैअर्कै भइरहेको थियो । अन्य दिनभन्दा भिन्नै लागिरहेको थियो मौसम । आकाश पनि निन्याउरो र उदास थियो । शनिवार, १२ वैशाख, २०७२ । म ओछ्यानबाट करिब साढे ७ बजेतिर मात्रै उठेँ । निद्राले त...
उषा आचार्य (ढकाल),   बैशाख ८, २०७७


नारायण गौतम,   बैशाख ८, २०७७
के आयो के आयो यस्तो नासिन्छ कि चराचर को होला नासने यस्तो मानवीय धरोहर ? किन यो कसरी यस्तो ? बन्दै छ विश्व थरथर फैलियो जगतै जम्मै बनायो सब धरमर । युगले पल्टा खेल्छ कि कसरी टर्ला संकट कोरोना त्रासमा...

जया बुढाथोकी,   बैशाख ८, २०७७
जो अन्याय गरी रहन्छ, छ उही यो देशको मालिक कस्ता दृष्टिविहीन शासकहरू छन् देश सञ्चालक ! देख्दैनौ किन छन् तिरस्कृत सधैँ ठेला उठेकाहरू अट्दैनन् किन साम्यवाद घरमै खुट्टा फुटेकाहरू ! तिम्रै शासनभित्र अट्न नसकी, ती सर्वहाराहरू खाली पेट हिँडे, हिँडे,...

डा. घनश्याम परिश्रमी,   बैशाख ८, २०७७
कलुषित मन आत्मीय हुँदैनन् ! पीडित जनका दुख बुझ्दैनन् !! मौका पर्दा चौका हान्छन् ! सज्जनलाई दुश्मन ठान्छन् ।।१ जताततै गर्दछन् दलाली । पासाे थाप्छन् सबतिर जाली ।। हिँड्छन् साजिस गाेटी चाली। घातक चिन्तन मनमा पाली ।।२ आफ्नै हाेस् सब...

राज पाखे,   बैशाख ६, २०७७
भुलिदिउँला संसार सारा तिम्लाई भुल्नु कसो गरी ? खसे पनि सारा तारा तिम्लाई भुल्नु कसो गरी ? संघर्षका यात्राहरू कटाउन सहयोग गर्ने भेटिएला क्वै सहारा तिम्लाई भुल्नु कसो गरी ? जबजब मस्तिष्कले 'एक्लै कति जिउँछस् ?' सोध्छ मुटुले चर्काउँछ नारा...

रूपक अलङ्कार,   बैशाख ६, २०७७
समय यो नवदानवझैँ भयो तन मिलेर निलेर कहाँ गयो फुल समान प्रफुल्ल थिएँ सधैँ शिशिरको म शिरीष भएँ कठै ! चरण जीवनको रणमा टुटे कति लडेर बडेर त्यहीँ उठे हृदय आँट विराट छ झन् अझै शिशिरको म शिरीष भएँ कठै...

हरिविनोद अधिकारी,   बैशाख ६, २०७७
२०. मेरा पात्रहरू जति जति म परिपक्व हुँदै गएँ, ती पनि परिपक्व हुँदै गए । मैले जेजे जानेको हुन्थेँ, तिनले पनि ती ती कुराहरू जानेका हुन्थे । जब म केही जान्दै गएँ, पछि गएर मेरा पात्रहरू पनि भलादमी हुन थाले...

नजरराम महर्जन,   बैशाख ६, २०७७
असोज २० गते बुधवार मेरो प्रतिक्षाको घडी नजिक आयो । २० गते मलाई फेरि अदालत लैजान दुई जना महिला प्रहरीहरू आए । हिजो नै प्रहरीले मेरो विरुद्ध अदालतमा अभियोग पत्र दर्ता गराई सकेको रहेछ । आज पनि हामी ट्याक्सीमै गयौं...

हिमाल सरोवर ठकुरी,   बैशाख ६, २०७७
थुप्रै उमंगहरू, थुप्रै उपहारहरूबोकेर आउँछ कयौँ अवसरहरू, कयौँ चुनौतीहरू अनगिन्ती खुसीहरू, मुस्कानहरू थाहा छैन केके बोकेर आउँछ जाँदा पनि कयौँ कुरा लिएर जान्छ अनगिन्ती चोटहरूदिएर जान्छ कतिलाई रुवाएर, कतिलाई उजाडेर जान्छ कतिको जिन्दगीमा प्रेमको फूल रोपीजान्छ कतिको जिन्दगी कुल्चिएर जान्छ...

जानु काम्बाङ लिम्बू,   बैशाख ६, २०७७
उहिले उहिले माङले थेगु उभ्याएपछि उभिएको हो रे हाम्रो पनि मनमा आस्था र विश्वासको हिमाल ! मलाई मेरो देशको सगरमाथा र, बाको शिरको टोपी उस्तै लाग्थ्यो हो, त्यो सगरमाथा टोपी उभिरहन्थ्यो हमेसा बाको स्वाभिमानी शिरमा ! सायद बाको शान थियो...

धनचन्द्र राई,   बैशाख ६, २०७७
जीवन एउटा किताब हो पन्नाहरू खाली भए पनि कथाहरू अपुरो भए पनि अध्यायअध्याय जोडेर पूर्णाङ्क बाँच्नु । म असामयिक मृत्युसँग लुकेर मेरो जस्केलीको बाटो हुँदै तिम्रो करेसाबारी सम्म आएर गमलामा एउटा सूचना टाँसेको छु तिमीले तिम्रो भुईँ झ्याल खोलेर हेर्नु...

डा. रत्नावली शर्मा,   बैशाख १, २०७७
विरूप बनिरहेछ विश्व सन्त्रस्त छन् मनहरू नदेखिएको, नछोइएको विषाणु सल्बलाइरहेछ बन्द छन् जीवनहरू घरभित्र नयाँ वर्ष भारी पाइतला लिएर अगाडि बढ्दै छ । म चियाइरहेछु संसार झ्यालबाटै मन्दिर, मस्जिद, गुम्बा र चैत्यहरूले निषेध गरेका छन् तिम्रो पदार्पण कतै टेकिन्छ कि...

हरिविनोद अधिकारी,   चैत्र २९, २०७६
१५. पण्डित साम्बभक्त सुवेदी गुरुले एक दिन गाइजात्रे पत्रिका पढ्न दिनुभयो- हाँस्ने कुरा र व्यंग्य चित्रसहितको । हामीलाई गाईजात्राकैबारेमा थाहा थिएन, झन् गाईजात्रे पत्रिकाको के कुरा भयो र ? पत्रिकाका बारेमा भने मलाई थाहा थियो किनभने बाले गोरखापत्रको मेरो र...

नजरराम महर्जन,   चैत्र २९, २०७६
म हनुमान ढोका पुगेको दोस्रो दिन बिहान ५ बजे मेरो निद्रा खुल्यो । यसो हेरेको त बाटोभरि लाइनका लाइन मानिसहरू मस्त निद्रामा सुतिरहेका थिए । कोठातिर हेरें । हरेक कोठाको ढोका खुल्लै रहेछ । त्यहाँ त महिला थुनुवाहरू पनि रहेछन्...

डा. घनश्याम परिश्रमी,   चैत्र २२, २०७६
विषमय वातावरण छ अहिले । हाेला यो विष फिर्ता कहिले ।। जनजन मनमा संशय छायो । काेराेनाले त्रास बढायो ।। सहजै यसले परिचय दिन्न । चक्षु ज्याेतिले देख्न सकिन्न ।। जीवनघाती वाण चलायाे । विषकाे अणु यसरी बहुलायाे ।। सर्दै,...

देवेन्द्र केसी 'देवु',   चैत्र २२, २०७६
कोरोना कहरले कुनै मान्छे अछुतो रहेन थुपार्न सकिनछु भन्ने केही पछुतो रहेन पस्यो अमीर, गरिब सबैसबैका मनमा चुँडिएपछि तार भविष्य वा भुतो रहेन । याद त आउँदो हो नि हजुर ! दिनमा पनि रातमा पनि माया त लाउँदो हो नि...

सीताराम नेपाल,   चैत्र २२, २०७६
ब्यथा आआफ्नै यसपाली पनि जाडो लागछाडको ज्वरोजस्तै हुँदा हुँदै फागु पूर्णिमा आयो । मैले उघ्रिएको नीलो आकाशमा छाएको घामतिर आङ्ग फर्काउदै सोच्न थालेँ । फागु पूर्णिमामा हुने फागु पर्व, रङ्ग पर्व, जसलाई होली पर्व पनि भनिन्छ । तर हेर्दाहेर्दै फागुपर्व...

वियोगी बुढाथोकी,   चैत्र २२, २०७६
छ दशक लामो निरर्थक जिन्दगीको जोड-घटाउ नाफा-नोक्सान घाटा-पूर्ति असल-खराबबाट आर्जित समयले दिएको कमाइको सम्पादनमा छु । अलिक टाढै बस याद, माद र साथहरू भेट्नु-छुट्नु देखिनु-छेकिनु पाउनु-गुमाउनु जोड्नु-तोड्नु जित्नु-हार्नु आवेग-संवेगसँग खेलिएको खेललाई आफूभित्र रूपान्तरण गर्दै जति सकिन्छ परिमार्जन गर्न बसेको छु...