बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो । संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ।यही दरमा कोरोना फैलिने हो भने...


लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । कोभिड१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिससहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अर्को हप्ता...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ । व्यास१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो । नगरपालिकाले फोहोरलाई मोहरमा परिवर्तन...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको २०७७ बैशाख २१ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
रुपन्देही । हवाई फोटोग्राफमार्फत पश्चिम तराईका जिल्लामा जमीनको तथ्याङ्क सङ्कलन शुरु भएको छ । उक्त कार्यको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले भैरहवाबाट आज शुभारम्भ गर्नुभयो । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आयोजित कार्यक्रममा लाइडर सर्वेक्षणको शुभारम्भ गर्दै मन्त्री...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
धनुषा । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोभिड१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
बागलुङ । जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।अस्पतालका अनुसार माडी नगरपालिका३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण १०६ मा पुष्टि भयो । अघिल्लो दिन ४१ सङ्क्रमित थिए । तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोकमा शनिबार ९७ र शुक्रबार ६९ थपिए भने बिहीबार ४५ मा कोरोना सङ्क्रमण देखियो । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बस्नुभएका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी५ घर भई हाल चितवनको राप्ती नगरपालिका९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । यही वैशाख १६ गते ११ बजेको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौँ । मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिन थालेको छ । विपद्बाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि नेपाल सरकारबाट २० करोड रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए ।...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । निर्देशनालयले विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको भन्दै मंगलबार एक सूचना प्रकाशित गरेको छ । निर्देशनालयले १० लिटरको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ। भारतबाट फर्कनेको नाकामा...