जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम...


सुनिता सूर्यबङ्शी,   पुष १२, २०७७
त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको बौद्धिक चोरीका थप प्रमाणहरू एकपछि अर्को फेला पर्ने क्रम जारी छ । लोकसंवाद डटकमले २०७७ असोज १६ गते प्राध्यापक खगेन्द्र लुइटेलमाथि लज्जास्पद बौद्धिक चोरीका आरोपै आरोप शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
काठमाडाैं ।खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उहाँको भनाइ छ । उहाँले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उहाँले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । 'हामीले जिप्रकाको आदेशलाई मानेका हौँ...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
माेरङ । प्रदेश नं १ को प्रदेशसभाको साताैँतथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गर्नुभएको छ । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'हामी ऊर्जामा अझै पनि...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
पाेखरा । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो । असी मतभार रहेकामा पोखरा उद्योग वाणिज्य...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
सल्यान । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो । तीन नगरपालिका र सात गाउँपालिका गरेर...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
नवलपरासी । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ । आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । नवलपरासी...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विभाजनसँगै यति बेला नेता कार्यकर्ताको रोचक दौडधुप यति बेला हेर्न लायकका दृश्यहरू देखा परिरहेका छन् । ओली पक्ष तत्काल सत्ता र स्वार्थ देखाएर र प्रचण्डमाधव पक्ष भविष्य देखाएर कार्य कता आफूतिर तान्ने तँछाड रमछाड...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्नु भएकाे छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई चिरा परेकाबेला गरेको हेरफेर अनुसार नवनियुक्त मन्त्रीले शपश लिएका हुन । हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
दक्षिण एसियाकै ठुलो कम्युनिस्ट पार्टी दावी गरिएको व्यावहारिक रुपमा नेकपा विभाजन भएपछि राजनीतिक तरलता आउनु स्वाभाविक हो । नेपालको सत्तारुढ दलमा विभाजनसँगै प्रतिपक्षलाई फाइदा पुग्नु र सरकारको काम कारबाहीमा गतिशीलता नहुनुले राजनीतिक तरलतालाई झनै बल पुगेको छ । निर्वाचन आयोगमा...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताउनुभएको छ । इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भन्नुभयो...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरूलाई निर्देशन दिनुभएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या समाधान गर्ने कार्यमा...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
विभाजित भएका नेकपाको प्रचण्डमाधव नेपाल पक्ष र ओली पक्षका नेताहरु एक अर्कालाई हिलो छ्याप्न यति उद्धत छन्, त्यो कुरा न वर्णत गर्न लायक छ, न उल्लेख गर्न सकिन्छ । दुई वर्ष ७ महिनाअघि जेट विमानका दुई पाइलट भएको र एसियाकै...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले सम्पूर्ण पार्टी पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा...