बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिनुभएको छ । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।...
लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७


लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
विराटनगर । शहीद रङ्गशालामा फ्लड लाइट सञ्चालनभएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ । काठमाडौँको दशरथ रङ्गशाला पछि विराटनगरमा यो दोस्रो फ्लड लाइट हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
म्याग्दी । बेनीजोमसोमकोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वरबेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका३ राहुघाटबाट वडा नं १ बेगखोला जोड्ने सडक कालोपत्र हुनलागेको हो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
हुम्ला । नेपालचीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो । हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताउनुभएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार योगमाया नाटक अवलोकन गरेपछि उहाँले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
भक्तपुर । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड१९ सङ्कट व्यवस्थापन...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका विवरणलाई डिजिटाइजेसन गरेको छ । गाउँपालिकाले घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलनलाई विस्थापित गर्दै सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरेको हो । जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
तनहुँ । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपालभारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
हुम्ला । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
सत्तारुढ नेकपामा आएको विवाद र विभाजनको असर केन्द्र र प्रदेश सरकारहरुमा देखिन थालेको छ । तीन वर्षअघि दुई पार्टी (एमाले र माओवादी केन्द्र) मिलेर केन्द्र र ६ वटा प्रदेशमा सरकार गठन गरेका थिए । नेकपामा आएको विवादसँगै केन्द्र र प्रदेश...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७७
एजेन्सी । भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गर्नु भएका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिनु भएको छ । भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहनु भएका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तिब्र रुपमा विकास भएको...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७७
एजेन्सी । कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् । कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प्राप्त...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७७
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७७
काठमाडौँ । आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ बिन्दुले बढेर दुई हजार ६५८.७४ बिन्दुमा पुगेको छ । यस्तै,...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७७
एजेन्सी । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको...