बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
एजेन्सी ।बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला...


लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
एजेन्सी । बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा कैयौँ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ । इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ठूलो आक्रमण भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ लाखभन्दा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
चिनियाँ राज्य परिषदका सदस्य तथा रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसको राजधानी मस्कोमा भेटवार्ता भएको छ । चीन र भारतबीच सीमा समस्याका कारण तनाव सिर्जना भइरहेका बेला दुई देशका रक्षा मन्त्रीबीच प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी अन्य दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा आगलागी भएको हो । जलेको तथा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमध्ये रहेको भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको संख्या...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि२० का सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि पनि उहाँले ती देशहरुलाई आग्रह...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
एजेन्सी । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् ।विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् ।...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
लेबनानको राजधानी बेरुतमा १ महिनाअघि भएको शक्तिशाली विस्फोटमा ध्वस्त भएको एक भवनको भग्नावशेषमा एकजना व्यक्ति अझै जिवितै हुनसक्ने सङ्केत पाएको खोजकर्ताहरुले बताएका छन् । एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एकजनाको मुटुको धड्कन थाहा भएको अपुष्ट खबरहरू आएका थिए...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली लागेर एकजना अश्वेत पुरुष शक्त घाइते भएको विस्कन्सिन राज्यको केनोशा शहरको भ्रमण गरेका छन् । २३ अगस्टमा प्रहरीले हानेको गोली लागेर जेकब ब्लेक घाइते भएपछि केनोशामा प्रदर्शनहरू भएका थिए। हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको पनि बताउनुभयो । पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ । भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो । भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । प्रधानमन्त्री हसिनाले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी। विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भारत र चीनबीच लद्दाखस्थित सीमा क्षेत्रमा पुनः तनाव बढेको छ । भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले त्यसलाई...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भारतका प्रभावशाली र विपक्षीले समेत सजिलै आलोचना गर्न नसक्ने छवि बनाएका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उत्तिकै ख्याती कमाएका नेता भएका कारण उनको निधनमा विश्वभरबाट दुःख व्यक्त भएको छ । उनलाई अगस्टको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
एजेन्सी । इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई)बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ । इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अलएल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ । अमेरिकी...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
एजेन्सी । अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ ।अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो । उक्त प्रान्तको नाड ए अली जिल्लामा भएको सो विस्फोटबाट अरु केही घाइते भएका पनि बताइएको छ...