जेठ ६, २०८१, आइतबार

२२१५२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौँ । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २०७७ असार ८ गते सोमबारएकैदिन १७ चार्टर्ड उडान भएको जनाइएकाे छ ।अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । सोमबारनेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बहराइनबाट...


लोकसंवाद संवाददाता,   असार ८, २०७७
गुल्मि । अविरल वर्षाका कारण पहिरो गएपछि रिडीरुद्रवेणीबामीटक्सार सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका२ को साँघुरे, सत्यवती गाउँपालिका ४ को नादेवा खोला, वडा नं ५ को बाँदरे भिर र वडा नं ६ को डहरे खोलालगायतका स्थानमा पहिरो...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
गुल्मी । पहिराेकाे कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ४२ घरका २०८ जना विस्थापित बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो । पहिराको जोखिम बढ्दै जान थालेपछि मानिस यतिबेला स्थानीय विद्यालय,...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
तुलसीपुर । दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर ५ निवासी भोला तथा नाति १५...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गर्नुभएको छ । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
कपिलस्तु । जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेका हुन् । कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले ६ लाख ७९ हजार र गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाले करीब पाँच...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
तनहुँ । बन्दीपुर गाउँपालिका छ वटै वडामा बाख्रालाई पिपिआर(गोट प्लेग)भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो । गाउँपालिकामा बाख्रापालन व्यवसाय पछिल्लो समय फष्टाउँदै गएको छ । सुरक्षाको दृष्टिले पनि अग्रिम...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
लेह सहरबाट १५ किलोमिटर टाढा रहेको गाउँमा बस्छन्, क्याप्टेन फुन्सुक तासी । सन् १९६२ मा भारतचीन युद्धका क्रममा उनी गलवान घाँटीमा तैनाथ थिए । क्याप्टेन तासी उमेरले ८४ वर्ष पुगे । उनी स्मरण गर्छन्, एक दिन उनलाई पुरै सैनिक युनिट...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडौँ । नेपाल महिला चेम्बरले स्वास्थ्य सुरक्षा अपनाएर व्यापार व्यवसाय गर्नुपर्ने बताएको छ । महिला चेम्बरले २०७७ असार ७ गते आइतबार यहाँ आयोजना गरेको बन्दाबन्दीका कारण महिला उद्यमशीलतामा देखिएको चुनौती विषयक कार्यशाला गोष्ठीका वक्ताले कोभिड१९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठामाडौँ । सर्वोच्च अदातलले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले २०७६ फागुन २९ गते गरेको फैसलाको २०७७ असार ७ गते आइतबारपूर्णपाठ सार्वजनिक...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको जनाएको हो । चार अरब...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडौँ । एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका१, २, ३ र ४ गरी चारवटा...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । केही दिनअघि देशको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस वर्ष जुन...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् । नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका लागि...