जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २, २०७८
काठमाडौँ । कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिए। आइ्रतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको...


लोकसंवाद संवाददाता,   माघ २, २०७८
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई ७ विकेटले पराजित गरेको छ । यस हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने संभावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह एबाट आर्मीले...

लोकसंवाद संवाददाता,   माघ २, २०७८
रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   माघ २, २०७८
संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेम आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएको लगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनलेधर्मशालाका...

लोकसंवाद संवाददाता,   माघ २, २०७८
संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम...

लोकसंवाद संवाददाता,   माघ २, २०७८
संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले गत भदौदेखि निरन्तर संसद अवरुद्ध पारिरहेको छ । संसदको अघिल्लो अधिवेशन २३ भदौ २०७८ मा सुरु भएको थियो । संसद सुरु भएदेखि नै एमालेले निरन्तर अवरोध गर्यो । एमालेको अवरोधकै बीच आर्थिक वर्ष २०७८/०७९...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
लुम्बिनी प्रदेशमाथि ७ विकेटको जीत निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र ३...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना पोजिटिभ देखिएको हाे । मन्त्रालयका...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
एपीएफ फुटबल क्लबले शहीद स्मारक एडिभिजन लिगमा हिमालयन शेर्पालाई १-० गाेल अन्तरले पराजित गर्दै रेलिगेसन संकटबाट माथि उठ्ने संभावना जीवितै राखेको छ । आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जीत निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभाषले...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ । आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
नेकपा एमालेकालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । नवौँ जिल्ला अधिवेशनकाे शुक्रबार अन्तिम मत गणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी शहीद स्मारक ए डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने,टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन्...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौँ । कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा २२५ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २०...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
महोत्तरी । विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको निर्वाचन स्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो । केन्द्रीय...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
जुम्ला ।जुम्लामा सार्वजनिकयातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ। जीपमा जाँदा भने ६३५ रुपैयाँ...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आजशुक्रवारबाट नवौँचरणका खेल हुँदै छन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
कैलाली । पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ ।१ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमाजाँड,ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
हुम्ला ।हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्नदुर्गम बस्ती चाला गाउँमा पुगेका छन् । स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाटनाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ । नाम्खा...