बैशाख २५, २०८१, मंगलबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १५, २०७७
स्याङ्जा । भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको...
लोकसंवाद संवाददाता,   असार १५, २०७७
लोकसंवाद संवाददाता,   असार १५, २०७७


लोकसंवाद संवाददाता,   असार १५, २०७७
डाेटी । नर्वेमा बसोबास गर्दै आएका नेपालीले डाेटी तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका नागरिकलाई क्वारेन्टिनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पुर्याउन उनीहरुले दुई लाख ३० हजार रुपैयाँ रकम सङ्कलन गरी...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
भोजपुर । भोजपुरको अरुण गाउँपालिका३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । असार १४ गते भएको आगलागीमा परी गम्भीर...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (असार १५ गते)सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैँ । टोखा नगरपालिकाले एक विद्यालय, एक थर्मल गन वितरण गरेको छ । नेपालमा कोभिड१९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका लागि सबै विद्यालयमा थर्मल गन वितरण गरेको हो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका सबै...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने नीति ल्याएको हो । वाम्बुले राईको...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
स्याङ्जा । चापाकोट नगरपालिका २ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्रहरीले अवैध सालको काठसहित पक्राउ गरेको छ । चापाकोट ८ क्वामीमा रहेको न्यौपानेको फर्निचर उद्योगमा अवैध रुपमा सालको काठ राखेको...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैँ । नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त हुनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सिंहलाई २०७७ असार १४ गते आइतबार प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । यही २०७७ असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
सिन्धुपाल्चाेक । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् । भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैँ । मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपयाँहस्तान्तरण गरेको छ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले २०७७ असार १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको जनताको बहुदलीय जनवाद...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैँ । सञ्चार सम्बद्ध सङ्घसङ्गठनले कोभिड१९ को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार/सञ्चारकर्मीलाई पेशाबाटै निस्काशन गर्ने, बेतलबी बिदा बस्न दबाब दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समयमा नेपाल पत्रकार महासङ्घले अल्टिमेटमसहित सञ्चारगृहमा पत्राचार...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गर्नुभएको छ । मनोनीत हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्तौला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन)भरतप्रसाद पाठक...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
विराटनगर । बाँझो जग्गामा वृक्षरोपण र जहाँ वन त्यहाँ व्यवस्थापन नाराका साथ मोरङमा यही असार १ देखि अहिलेसम्म आठ लाख बिरुवा वितरण एवं रोपणको काम भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेअनुरुप देशभरमा पाँच...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडाैं । कोभिड१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिनुभएको छ । एसएमटी (सिनियर मेनेजमेन्ट टिम)को बैठकलाई आज सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आफैँ सक्रिय...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडाैं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले विधेयकलाई दिगो विकासको आयामबाट मूलप्रवाहीकरण गर्ने सन्दर्भमा विकास गरिएको परीक्षण सूचीसम्बन्धी मस्यौदा सर्वसम्मतिले पारित गरेको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले परीक्षणसूचीमा समेटिनुपर्ने विषयमा समिति सदस्य सांसदको रायसुझाव लिएर मस्यौदालाई...