जेठ ५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार २९, २०७७
खाँदबारी । सिलिचोङ गाउँपालिका १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ । पहिरामा ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा लागेका छन् । लगातार पानी परिरहेकाले...
लोकसंवाद संवाददाता,   असार २९, २०७७


लोकसंवाद संवाददाता,   असार २९, २०७७
तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
लमजुङ। अविरल वर्षाले मध्य नेपाल नगरपालिका६ का दुई घर पहिराले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताउनुभयो । त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
नुवाकोट । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गतचार...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
जुम्ला । रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न शूरु गरिने यहाँको धान अहिले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
दाङ । दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
बाजुरा । जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ । जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
बैतडी । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । डिलाशैनी६ डडियास्थित चमेलिया नदीमा...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
पोखरा । पोखराको फेवाताल सफाइ अभियानमा निरन्तर सक्रिय खहरे आमा समूहलाई प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले रू ५० हजार सहयोग गरेको छ । फेवातालमा प्रदूषण बढ्दै वातावरणमा असर पर्ने थालेपछि सफाइ अभियान शुरु गरिएको समूहका अध्यक्ष मैया थापाले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
सप्तरी । सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५/३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ । स्थानीयवासी अरुण मुखियाले कोशी नदीबाट निकालेर...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका७ को पुछ्छेगाउँमा नमूना बस्तीमा बन्ने भएको छ । प्रदेश, सङ्घीय सरकार र नगरपालिकाको सहयोगमा ५० लाखको लागतमा नमूना बस्ती बन्न लागेको नगर उपप्रमुख मिमसरा बम (शाही) ले बताउनुभयो । 'नगरपालिकाले पहिलोपटक वडा ७ को...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडौं । माइती नेपाल काठमाडौँलाई श्रीपति समाजसेवा पुरस्कार २०७७ बाट पुरस्कृत गरिने भएको छ । पोखराको श्रीपति कोइराला गुठीले शनिबार एक कार्यक्रममा पुरस्कार घोषणा गर्दैै मानव बेचबिखन, यौन दुराचार र घरेलु हिंसामा परेका महिलाकोे उद्धार, सहयोग र आश्रयको क्षेत्रमा क्रियाशील...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
पाल्पा ।पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताउनुभयो । गुल्मी निवासी भण्डारी हाल...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
बागलुङ । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
बर्दिया । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उहाँकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अङ्कुशी,...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ । सो दुर्घटनामा गम्भीर...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
लहान । सिरहामा रसायनिक मलको अभाव रहेका बेलामा भारतबाट अवैध रुपमा ल्याएर लुकाईछिपाई राखेको ३८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका३ स्थित जीवछ साहको घरमा गोदाम बनाएर विक्री वितरणका लागि राखेको सूचनाका...