बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । सिरहा, मिर्चैया नगरपालिका-५ बस्ने श्याम कुमार कापरको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित सडकमा भैरहवाबाट पोखरातर्फ सिमेन्ट लोड गरी जाँदै गरेको लु.२ ख १२१...
लोकसंवाद संवाददाता,   असार २२, २०७७
लोकसंवाद संवाददाता,   असार २२, २०७७


लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ आधाभार जंगल नजिकै सडकमा ना.७ ख ६५९७ नम्बरको टिपरले ना.५३ प ३३१३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक हाल वतन नखुलेका ५५ वर्षीय सुर्जे बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । काभ्रे, नमोबुद्ध नगरापलिका-४ बस्ने साईला परियारको ९ वर्षीय छोरा पुकार परियारको सोही नगरपालिका-७ स्थित दाप्चा खोलामा डुबेर मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा स्थानीयबासीले उद्दार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
बर्दिया । गुलरिया नगरपालिका-६ स्थित आफताब सुनचाँदी पसलबाट करिब २ लाख ७६ हजार ४ सय ४५ रुपैयाँ बराबरको मंगलशुत्र १८ पिस लुटपाट गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय रबिन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले उक्त...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
चितवन । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रको क्षमता बढाइने भएको छ । हाल केन्द्रमा ३५ जना वृद्धवृद्धा रहेका छन् । अब सो सङ्ख्या तत्काल ५० पुर्याइने छ । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २०...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । सवारी पास बिना यात्रु ओसार पसार गरेको अभियोगमा दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ज ११३५ नम्बरको...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
डोल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
पर्वत । गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ । कुश्मा नगरपालिका३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो । मृतकका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ । कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एकएक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
मार्तडी । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण बाउली खोलाले विद्युत्को नहर भत्काएपछि सेवा अवरुद्ध बनेको विद्युत् सञ्चालक समितिका अध्यक्ष अशोक रावलले बताउनुभयो । वर्षा निरन्तर रुपमा परिरहेकाले मर्मत गरी सञ्चालन...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
मार्तडी । जिल्लामा सामाजिक क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सहयोगी हातहरुको समूह साहस ले तीन स्थानीय तहमा राहत र स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो संस्थाले कोभिड१९ बाट प्रभावित बडिमालिका नगरपालिका तथा गौमूल र खप्तड छेडेदह गाउँपालिकाबासी खाद्यान्न र स्वास्थ्य...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव २०७६/७७ मा २१ उजुरी दर्ता भएका हुन् । ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन् । नगरपालिकाका उपप्रमुख...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
डोटी । दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ । जिल्लाका मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट र...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
बाजुरा । शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बाउली खोलाले ठूलो क्षति पुर्याएको छ । बडिमालिका नगरपालिका मार्तडी हुदै बग्ने बाउली खोलाले गड्खेत, सेलाघाट र रापकसम्मका क्षेत्रमा क्षति पुर्याएको हो । बडिमालिका९ सेलाघाटमा २० परिवारको रोपेको धान पूर्ण रुपमा...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
बनेपा । खानेपानीको चरम समस्या झेलिरहेका नारायणटार बासिन्दाले अब छिट्टै शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन् । रोशी गाउँपालिका१, २ र ३ का बासिन्दालाई राष्ट्रिय योजना आयोगको एक करोड रुपैयाँ र भूकम्प पुनः निर्माण कार्यक्रमको एकीकृत बस्ती निर्माण कार्यक्रमअन्तर्गतको...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
सुर्खेत । बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ)व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
कालीकोट । नरहरिनाथ गाउँपालिका७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो । भैँसी गोठाला जानुभएका बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौँ । काठमाडौँको गँगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन् । आज बिहान ३ बजे काठमाडौँ महानगरपालिका२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी...