बैशाख २७, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   असार २१, २०७७
बाजुरा । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिनुभयो । लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानि बग्न थालेपछि...
लोकसंवाद संवाददाता,   असार २१, २०७७


लोकसंवाद संवाददाता,   असार २०, २०७७
प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
तुलसीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते हुनुभएको छ । शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
पाल्पा । विद्युत् आपूर्ति नियमित नहुँदा ग्रामीण बस्तीमा खानेपानीको अभाव देखिएको छ । स्थानीय बासिन्दा १४ दिनसम्म धारामा पानी नआएपछि कुवाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । रैनादेवी छहरा गाउँपालिकाको एक घर, एक धारा जडान गरिएको मुभुङ बस्तीका धारामा...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
रुकुमपश्चिम । परम्परागत कृषि प्रणालीमा सुधार गरी कृषि उत्पादनलाई बढाउन दिन रुकुमपश्चिममा यान्त्रिकरणलाई जोड दिइएको छ । विभिन्न उपकरणको प्रयोग बढाई परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले जिल्लाका कृषकलाई हाते ट्र्याक्टरलगायत आधुनिक औजार वितरण भइरहेका छन् । यसअन्तर्गत कृषि विकास...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
कैलाली । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ । काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिनुभयो । भजनी नगरपालिका २,...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
दाङ । घोराहीतुलसीपुर सडकखण्डमा निर्माणाधीन पुल छ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । विसं २०७१ मा निर्माण सम्झौता भएर दुई वर्षमा सम्पन्न हुने गरी काम शुरु भएको सो पुल छ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा आवतजावतमा समस्या देखिएको छ...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
रुपन्देही । रुपन्देही क्षेत्र नं ३ का ८२७ फुस र खपडाले छाएका घरका छाना विस्थापन गरिने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ती घरमा टिनको छानो लगाउन कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०७७७८ मा...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
सिन्धुपाल्चोक । गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका४ स्थित कात्तिकेमा पहिरो जाँदा एक घर बगाएको छ । साथै झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ । स्थानीय प्रेम श्रेष्ठको घर बगाउँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको र...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काभ्रेपलाञ्चोक । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बढी जनघनत्व भएका शहरबाट काभ्रेपलाञ्चोकमा आवागमन गर्नेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापश्चात मात्रै अनुमति दिइने भएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
ललितपुर । सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ । उहाँ लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले बुद्ध शिक्षा र विपश्यना विकासमा...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
नवलपरासी । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५ जेहेन्दार छात्रछात्रालाई साइकल प्रदान गरिएको...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
ललितपुर । गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ । गोदावरी ११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडौँ । उपकरण जडान भएको एक दशकसम्म पूर्ण सञ्चालनमा नआएको सवारी स्वस्थता जाँच केन्द्र (भेहिकल फिटनेस टेस्ट सेन्टर)पुनः सञ्चालनको तयारी गरिएको छ । विद्यमान उपकरण काम गर्ने अवस्थामा छ-छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
त्रिशूली । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
सङ्खुवासभा । पर्यटकीय क्षेत्रको महत्व बोकेको सङ्खुवासभाको चिचिला गाउँपालिकामा पर्ने कप्दाने पोखरीको संरक्षणको नहुँदा पोखरीको अस्तित्व गुम्ने खतरा बढेको छ । नेपाल भोट युद्धको समयमा नेपालतर्फका लडाकुहरु भोटयुद्ध गर्न जाने क्रममा आफ्ना हतियार बोक्न नसकेर खाल्डो खनेर छोडेको तर युद्धपछि...