बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार १९, २०७६
दाङ । असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको । गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ...


लोकसंवाद संवाददाता,   असार १९, २०७६
बागलुङ । सुगङ्गा स्मृति कोषले यस वर्षको सुगङ्गा पुरस्कार मानवसेवाआश्रम बागलुङलाई प्रदान गरेको छ । २०७६ असार १८ गते बुधवार यहाँ आयोजित पुरस्कार समारोहमा जिल्ला मुख्य न्यायाधीश प्रकाशप्रसाद पण्डितले आश्रमका संयोजक सुमिरा लामालाई रु ५० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
मकवानपुर । यस वर्ष मकवानपुर जिल्ला अदालतमा १३५ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन् । चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्धविच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा पुरुषको सङ्ख्या १३५ पुगेको उक्त अदालतले जनाएको हो । अदालतका श्रेस्तेदार...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत हाम्रो मधुर मिलनको याद आयो.... सार्वजनिक गरिएको छ । लोकप्रिय गायक सत्यराज स्वरुपको स्वर, सागर अधिकारी सरदको सङ्गीत, शाहस साक्यको एरेञ्ज रहेको आधुनिक गीत हाम्रो मधुर मिलनको याद आयो....को भिडियो सार्वजनिक भएको हो...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
बाँके । हिन्दू धर्मावलम्बीको दाहसंस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाले ध्यान नदिइरहेका बेला बाँकेमा अन्तिम घर प्रस्ताव गरिएको छ । दाहसंस्कारका लागि लगिने अगैयाघाट अस्तव्यस्त भएपछि अन्तिम घर प्रस्ताव गरिएको हो । दाहसंस्कारका लागि अगैयाघाट जोखिमपूर्ण बन्दै गएको छ, नेपालगञ्जका...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
कास्की । समाजमा यदाकदा देखिने बोक्सी कुप्रथा जस्ता अन्घविश्वास र कुरीतिको अत्न्यका लागि जनचेतना अभिबृद्धि गर्ने उदेश्यले सञ्चालन गरिएको अभियान २०७६ असार १७ मङ्लबार सम्पन्न भएको जानाकारी दिइएकाे छ । बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
तनहुँ ।तनहुँ बन्दीपुर गाउँपालिकामा रहेका सीमान्तकृत चेपाङ जातिको आर्थिक तथा सामाजिक जनजीवनमा परिवर्तन ल्याउनका लागि यहाँका जनप्रतिनिधिहरु सक्रिय भएर लागेका छन् । बन्दीपुर गाउँपालिका१, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत चेपाङ जातिको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउनका...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
डोटी । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दालाई हिजोआज बाढी र पहिरोको चिन्ता बढ्न थालेको छ । वर्षायामसँगै ग्रामीण बस्तीमा बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले यहाँका बासिन्दामा चिन्ता बढ्न थालेको हो ।वर्षाको समय सुरु भएकाले यहाँका बासिन्दालाई कतिबेला कहाँबाट बाढी...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शन विभाग र मानववादी सङ्घ (सोच)नेपालद्वारा संयुक्त रूपमा प्रज्ञा भवनमा विश्वमा मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान विषयक दर्शनविचार गोष्ठीको सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञाप्रतिष्ठान...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
लमजुङ।बेँसीशहर नगरपालिका२ नरुवाल पाखाथोककी ९२ वर्षीया लक्ष्मी रानाले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताउनु भयाे। ढिकीमा कुटेको रैथाने धानको चालमको भात, ढिकीमै कुटेको काउनोको चामल, जाँतोमा पिनेको मकैको भात र कोदोको ढिँडोले बालबच्चाको पेट भरेकाे स्मरण...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
नुवाकोट।नुवाकोट साहित्य प्रतिष्ठानले आज चार जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानको १२औँ स्थापना दिवसका अवसरमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याएबापत साहित्यका विविध क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो । प्रतिष्ठानले चार स्रस्टासहित आठ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ लाई बालश्रममुक्त वडा बनाउनका लागि समिति गठन गरिएको छ । २०७६ भदौ २९ गते परेको राष्ट्रिय बाल दिवसका अवसरमा वडालाई बालश्रममुक्त वडा घोषणा गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा ५१ सदस्यीय...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
काठमाडाैँ । फेमकुमारी डोलराजसाहित्य प्रतिष्ठानद्वारा आयाेजित एक समाराेमाकवि एवं उपन्यासकार सरल सहयात्रीलाई फेडोल उत्कृष्ट सृजना पुरस्कार र सम्मान प्रदान गरिएकाे छ २०७६ आषाढ़ १३ गते शुक्रबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले शिखरको ढुंगा उपन्यासका लागि...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
कास्की । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं स्थापित विभिन्न तीन विधाका पत्रकारिता पुरस्कारबाट तीन पत्रकारलाई सम्मान गरिएको छ । पोखरा पत्रकारिता पुरस्कार, २०७५ बाट श्यामनाथ कुँवरलाई सम्मान गरिएको छ । तीनै जनालाई रु ३५ हजार एक नगदसहित दोसल्ला र...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडाै । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीन जनालाई प्रदान गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पुरस्कार छनोट समितिको बुधबार बसेको बैठकले यस वर्ष उक्त पुरस्कार रणेन्द्र बराइली, चितवन,...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
ककठामाडौं । नेपाली कलाका विभिन्न शैली, विषय र माध्यम समेटिएका चित्र तथा मूर्तिको प्रदर्शनी चलिरहेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा पाका पुस्तादेखि बालबालिकाका कलाकृति समावेश गरिएका छ । अल्फ्रेस्को मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गरेको दुई...

लोकसंवाद संवाददाता,   असार ११, २०७६
सिरहा ।तराई मधेश क्षेत्रमा बसोबास गर्ने दलित समुदायअन्तर्गतका मुसहर जातिद्वारा प्रत्येक वर्ष असार पूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने अखारही पर्व यस वर्ष पनि मनाउन तयारी थालिएको छ । घरघरमा चन्दा मागेर पूर्णिमाका दिन मुसहर जातिले सन्तानको दिघार्यु तथा गाउँमा कुनै...

लोकसंवाद संवाददाता,   असार ९, २०७६
सप्तरी । सप्तरी बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करीब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल...