बैशाख २५, २०८१, मंगलबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित ९जना परेका छन् । बन्दसत्रमा केपी ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य सार्वजनिक भएका हुन् । जसमा दाङबाट एमालेको केन्द्रीय कमिटीमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमा नौ जना परेका छन्...


लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
१०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् । निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेसगरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन् ।उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन्...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
दक्षिण अफ्रिकाका राष्ट्रपतिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि आफ्नो र छिमेकी देशमाथि यात्रा प्रतिबन्ध लगाएकोमा निन्दा गरेका छन् । राष्ट्रपति सिरिल रामफोसाले यो कारबाहीले आफूहरु निकै निराश भएको पनि बताएका छन् । उनले यो प्रतिबन्ध अनुचित भएको भन्दै...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपाएमालेका अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबार अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएपछितयारी तीव्र पारिएको छ । सबैजसो पदमा प्रतिस्पर्धा हुने...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपा एमालेका नेता टंक कार्कीले सचिवमा उम्मेदवारी दिएका छन् । चितवनको सौराहमा जारी दशौं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता र निर्वाचन हुन लागेको हो । गएराति बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्यहरूको...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
चितवन । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन ।बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
चितवन ।नेकपा (एमाले)को अध्यक्षमा डाभीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् ।ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
अभिनेता, स्क्रीप्ट राइटर एवम् निर्देशक जीवन थापा क्षितिज ग्लोबल इन्टरनेश्नल अवार्डबाट सम्मानित भएका छन् । वल्डवाइड मिडिया नेटवर्क र इनास युनाइटेड अरब इमिरेट्सद्वारा संयुक्तरूपमा हालै दुबईमा आयोजित दोस्रो ग्लोबल इन्टरनेश्नल अवार्ड वितरण समारोहमा थापाले उक्त अवार्ड जितेका हुन् । उनले...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
चितवन । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन मध्यराति एमाले अध्यक्ष केपी ओलीले १९ पदाधिकारी र३०१ केन्दीय सदस्यकाे सूचि पेस गरेका छन् । यसरी पेस गरिएकाे सूचीमा अध्यक्ष र उपाध्यक्षमा सार्वजनिक गरिएका डा. भीमा रावल र घनश्याम...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७८
काठमाडौं । नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले पराजित गरेका हुन् । आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत पाएका छन्...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७८
चितवन ।नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व चयनका लागि अन्तिम छलफलमा लागेका छन् । उनले आफू निकट नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेललगायतसँग छलफल गरेका हुन् । छलफलका क्रममा नेतृत्वको सूची टुंग्याएर बन्द सत्रमा पेसगर्ने तयारी भएको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७८
काठमाडौं । आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएईविरुद्ध जितको विकल्प थिएन ।...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७८
माओवादीले जनयुद्धकालीन समयमा पार्टी नीतिहरूलाई व्यवस्थित गर्न र सांगठनिक अराजकता अन्त्य गर्न भन्दै नेतृत्वको केन्द्रीकरण गयो । नेतृत्वको केन्द्रीकरणअनुसार नै माओवादीको सिंगो संगठनमा प्रचण्डको पकड निकै बलियो बन्यो । २०६३ मा शान्ति प्रक्रियामा आएपछि माओवादी बहुपदीय संरचनामा गयो । त्यसपछि...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७८
नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटनसत्र अध्यक्ष केपी ओलीमय भयो । एमाले र ओलीलाई पर्यायबाचीका रुपमा देखाउन खोजिएको छ । कम्युनिस्ट पार्टीहरुले लेनिनवादी संगठनात्मक सिद्धान्त मान्दछन् । जसअनुसार व्यक्ति संगठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७८
नेकपा एमालेको १०औँमहाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलदेखि रत्ननगरको निपनीसम्म गाडीको जाम लागेको छ । भरतपुर प्रवेश गर्न नसकेपछि केही गाडी फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् । प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतपुरमा सवारी...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७८
नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ । यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भीडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा...