जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७६
सिन्धुली । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् । डेरा घरमा जाँदा दुर्व्यावहार...
लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६


लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरस ९कोभिड१९० को सङ्क्रमण फैलिन नदिन खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
काठमाडौँ । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा आयोजना गरिने ऐतिहासिक चामुण्डा रथयात्रा यस वर्ष कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण स्थगित गरिएको छ । काठमाडौँ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात्...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
मुगु। आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई नष्ट पारेको हो । जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन्...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
कोरोना भाइरस (कोभिड१९)को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा असर पुर्याएको छ । बागलुङ जिल्लामा सञ्चालित दुई राष्ट्रिय गौरवको आयोजना मध्यपाहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण केही दिनका लागि बन्द गरिएको छ । यही असार...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
वासिङ्टन/एएफपी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो 'लकडाउन'गर्ने निर्णय बेठिक रहेको बताउनु भएको छ । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गर्नु भएको छ...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
ललितपुर । कोभिड१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ । कोभिड१९ को अत्यावश्यक स्वाथ्यकर्मीलाई आवश्यक सामग्रीव्यवस्थापनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय जोहो गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
मकवानपुर । कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासी बन्द भएपछि मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
काठमाडाैँ । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएअनुसार आज सर्वोच्च अदालतमा पेशी नै तोकिएको छैन । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको यही चैत १२ गते बसेको आकस्मिक पूर्ण बैठकले...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
एपी/ सिन्ह्वा/ एएफपी।कोभिड१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ । यो सँगै इटालीमा ज्यान जानेको सङ्ख्या ९ हजार १३४ पुगेको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
काठमाडाैँ । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् एक दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले सङ्कलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि गर्नुभयो...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
काठमाडाैँ । समाजवादी पार्टी नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख प्रदान गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
काठमाडौँ ।कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ । नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई केही न केही राहत...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
काठमाडाै । विगत तीन दिनयता लकडाउनकाे समयमा दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चैत १२ र १३ गते बुद्धएयर र यती एयरको भगिनी संस्था तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
काठमाडाैँ । छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ । वाइडबडी ए३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
ललितपुर । ललितपुर महानगरपालिका१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उहाँले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गर्नुभयो । 'खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने...