जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काठमाडाैं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसिआर...


लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
त्रिशूली । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासन मार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका सेवाग्राहीले पाउने भएका छन् । प्रशासनले आज एक सूचना जारी गर्दै...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताउनुभएको छ । नवनियुक्त सचिव कोइरालाको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडाैं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता सङ्कटमा परेपछि एकले अर्कालाई'तर्साउने' 'फकाउने' र 'झुलाउनेआआफ्नै रणनीतिमा रहेका छन् । कर्णाली प्रदेशमा आफ्नै सांसदहरूले मूख्यमन्त्री महेन्द्रबहादुर शाही...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडाै । नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले कांग्रेसको केन्द्रदेखि वडा...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
नवलपरासी ।दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको गैँडाकोट नगरपालिका२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख...

रासस,   कार्तिक १९, २०७७
पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातयातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरुको गन्तव्य पनि बन्न थालेको छ । सप्तकोसी नदीमा पुल निर्माण भएपछि...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । शिक्षा नीति तथा अभ्यास केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको मधेसका शिक्षाका सवालहरु विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, सीप...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
गलकोट । बागलुङमा कोरोना नियन्त्रण प्रभावकारी बनाउन कोरोना महामारी, मेरो जिम्मेवारी सपथ खुवाउने अभियान थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्वपूर्ण हुने भन्दै कर्मचारीलाई कोरोना महामारी, मेरो जिम्मेवारी शीर्षकअन्तर्गत ६ बुँदाको शपथ...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ । उहाँको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
पोखरा । राष्ट्रिय समाचार समिति (रासस) का पोखरा समाचारदाता जमुना वर्षा शर्मा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार२०७७ बाट सम्मानित बन्नुभएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं सत्ताइसौँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन,...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
गौर । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जनता आवास कार्यक्रमका लागि आएको एक अर्ब फ्रिज भएपछि त्यहाँका दलितहरूले स्थानीय जनता आवास कार्यक्रम कार्यान्वयन एकाइमा तालाबन्दी गरेका छन् । सङ्घीय सरकारले दलित एवं विपन्न वर्गको घर निर्माणका लागि पठाएको सो रकम...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत अभिवादन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । नेपाली...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
रुकुम (पूर्व)। चिसो शुरु भएसँगै रुकुम (पूर्व)मा स्थानीय प्रशासनले हिमपात प्रतिकार्य योजना बनाउन शुरु गरेको छ । जिल्लाका धेरैजसो ठाउँमा हिमपात हुने भएकाले हिमपातबाट बच्न प्रतिकार्य योजना बनाउन शुरु गरिएको हो । हिमपातबाट प्रभावित नागरिकलाई सहयोग गर्न तथा उद्धारका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
साँखु । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो । गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । तारकेश्वर धाम क्षेत्रमा निर्माणको ४० प्रतिशत काम सकिएको छ । निर्माणका लागि नगरनगर साझेदारी कार्यक्रमअन्तर्गत विसं २०७५ माघ २७ गते सम्झौता गरेर तारकेश्वर नगरलाई काठमाडौँ महानगरपालिकाले एक करोड अनुदान रकम उपलब्ध गराएको थियो । कामपाले दिएकोएक करोड र...