बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद कोइराला (बन्दी)ले पीडितको माग सम्वोधन गरी संक्रमणकालीन न्याय प्रकृया तार्किक निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ । तत्कालिन सेना, प्रहरी र माओवादीबाट पीडित भएका समुदायसँग मन्त्रालयमा आज सामुहिक छलफल गरी मन्त्री बन्दीले...


लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई कविता कृति लोकार्पण, पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाको गहिराई र अंग्रेजी कविता, कर्टन अफ माया विमोचन समारोहलाई सम्बोधन गर्दै साहित्य, सङ्गीत र कलाविना समाज र देश पूर्ण नहुने बताउने भयो । लेखक प्रतिभा राणाले...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
दाङ ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् । एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
नागरिकता विधेयक राष्ट्रपतिले १४ दिनसम्म होल्ड मा राखेर फिर्ता गरेकी छन् । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको विषयमा विभिन्न राजनीतिक दल र कानुन व्यवसायीहरुले फरक फरक धारणा राखेका छन् । सत्तारुढ दलले राष्ट्रपतिको यो कदमको विरोध गर्दा एमाले त्यसको प्रतिरक्षामा...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ । विश्वविद्यालयका लागि खाँदबारी९ ढुङ्गे बिसौनामा ४८ दशमलव ६७ रोपनी जग्गा रजिष्ट्रेशन पास भएको हो । योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा सो जग्गा रजिष्ट्रेशन पास भएको विश्वविद्यालय...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
लुम्बिनी प्रदेश सरकारले एकवर्षे उपलब्धि सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलनमार्फत उपलब्धि सार्वजनिक गर्दै आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले २०७८ साउन २८ गते कुलप्रसाद केसीको नेतृत्वमा स्थापना भएको सरकार सफल भएको दाबी गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
काठमाडौँ ।निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन ९मङ्सिर ३० मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
काठमाडौँ । साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ श्रावण २६ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरी सहायक मुख्य...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
काठमाडौँ । भविष्यका कर्णधारविद्यार्थीलाईविद्यालयमा दैनिक ल्याउने लैजाने बसका चालकहरुलेएकै दिन रक्सी (मदिरा)पिएर बस चलाएकोआरोपमा ६ जना चालकलाई कारबाहीका दायरामा ल्याएकाले छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
साहित्यिक पत्रकार संघले आज २०७९ साउन २९ गते ५० औं स्थापना दिवसको अवसर पारेर स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रमको आयोजना गर्यो । वि.स.२०२९ साउन २९ गते साहित्यिक पत्रकार संघको स्थापना भएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के के...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजिटलबैंकिङतथा वित्तीय पहुँचअभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वद्धनमा केन्द्रित रहेको थियो । बैंकले नबिल दिगो बैंकिङको...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ३१ औँ र ३२ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उहाँले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुलीहरु...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)सम्बन्धी कार्य सँगसँगै सुरु भएको हो । सरकारले...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह)दीपेन्द्र बुढा क्षेत्री विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग रु ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई आइरन र फोलिक एसिड खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्त अल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउनदेखि हरेक विद्यालय...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा पुगेको छ । यस्तै ठूला...