आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
काठमाडौँ । आफ्ना ग्राहकहरूको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरूमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू निर्माण तथा प्रसारण गर्दै आएको डिशहोमले 'रगतका कथाहरूशीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पहिलो सिजनमा १३ शृङ्खलाहरू हुनेछन् र प्रत्येक शृङ्खलामा फरक फरक कथावस्तु...
लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७८
काठमाडौँ । गीतकार तथा रचनाकार योगेश कुमार विष्टको आमा बोलको लिरिकल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । २०७८ फागुन १८ गतेबुधवार वाइकेबी डिजिटल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । आमा बोलको गीत अत्यन्तै भावुकताले भरिएको शब्दहरू कोरिएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७८
काठमाडौँ ।प्रतीक्षित फिल्ममध्येको एक कबड्डी ४ :द फाइनल म्याच ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वघोषित मितिमा सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेसँगै फिल्म युनिटले १३ जेठमा रिलिज हुने घोषणा गरेको हो । फिल्म वैशाखमा रिलिज हुने...

एजेन्सी,   फाल्गुन १८, २०७८
भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ८३ ले राम्रो व्यपार गर्न सकेन । हिन्दीसँगै तामिल, तेलुगूलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ पाएन । कवीर खानले निर्देशन गरेको फिल्ममा सन् १९८३ का भारतीय क्रिकेट...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
नाबालिग बलात्कार आराेपीअभिनेता पल शाहले प्रहरी समक्षआत्मसमर्पण गरेका छन् । ४ दिनअघिबलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमाजाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमाथिए । यसैबीच जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनलेआत्मसमर्पण गरेका हुन् ।तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरी सामु उपस्थित हुने बताएका छन् । एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार प्रहरी सामु उपस्थित...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७८
काठमाडौँ । संगीत महर्षि अम्बर गुरुङको ८४ औँ जन्म जयन्ती स्व. गुरुङद्वारा रचित, संगीतबद्ध एवं स्वरबद्ध दशभन्दा बढी गीतहरूको बृन्दवादन(भायलन)का माध्यमबाट प्रस्तुति गरिएको छ । अन्नपूर्ण च्यामबर अर्केष्ट्रा नेपालले तलेजु धनकुमारी कोषको आयोजनामा ललितपुरको लामाटार मार्ग स्थित युनाइटेट एकेडेमीमा शनिवार...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
कोरोना भाइरसको तेस्रो लहरपछि पहिलो पटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दै छ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको म यस्तो गीत गाउँछु २ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो । चलचित्रमा पल शाह र पूजा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
आफ्नो जीवनपछि पनि अरूलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशसहित सर्ट फिल्म थर्ड आई निर्माण भएको छ । आशुतोष अधिकारीको निर्देशन रहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रेषित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी र राजीव...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
पाँचथर । लिम्बू भाषाका गायक डिआर हाङ्सरुम्बाले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट मातृभाषा गायन अवार्ड प्राप्त गरेका छन् । फाल्गुननन्द लिङ्देन फिल्मस् प्रा.लि.ले हरेक वर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्युजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ । उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २ धार्पाका स्थायी बासिन्दा हुन् । ५ दशकअघि गायन यात्रा सुरुगरेकालामा ख्यातिप्राप्त लोकगायक,...

प्रा.डा. विष्णु राई,   फाल्गुन ९, २०७८
नेपाल देश तिमीलाई विश्वको मुटु बनाउँछौँ उघारी हेर्दा क्षितिजमा विश्वको सुन्दर देखाउँछौँ ढुंगालाई देव ठानेर संकल्प माटोको गर्दछौँ नथाकी पाइला सारेर जाँगर, सीपले सिँगार्छौं । मलाई प्रस्ट थाहा छैन, यो गीतको रेकर्ड भएको समय । रेडियोमा घन्केपछि सुनेको थिएँ ।...

एजेन्सी,   फाल्गुन ९, २०७८
बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको ११७ सदस्यीय विधानसभा चुनावको मतदान स्थलमा जबर्जस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो । यस पटकको चुनावमा सोनुकी बहिनी माल्भिका कांग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म लाइफ इन एलए २०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो । फिल्ममा व्यास विष्णु, आकेशा विष्ट, शिल्पा...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार बिहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रस्त थिए । उनीे...

एजेन्सी,   फाल्गुन १, २०७८
भारतीय निर्मात्री एकता कपुरको सुपर नेचुरल शो नागिन ६ शनिबार राति टेलिभिजनबाट प्रसारण भयो । यो शोमा यस पटक तेजस्वी प्रकाश नयाँ नागिन अवतारमा दर्शकमाझ आइन् । यस पटक नागिनमा महक चलह र उर्वशी ढोलकियालाई पनि नागिन अवतारमा देखिँदै छ...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ ।कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलह? आजवाट वाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलह? नियमित ?पमा सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
रुपन्देही। नेकपा (एकीकृत समाजवादी) निकट जन सांस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन भएको छ । माधव पन्थको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन भएको हो । महासंघको उपाध्यक्षमा मुकेश गुरुङ, सचिवमा नवीन गुरुङ, कोषाध्यक्षमा पुनम थापा रहेका छन् । यसैगरी सदस्यहरूमा...