बैशाख २१, २०८१, शुक्रबार

उषा आचार्य (ढकाल),   बैशाख ८, २०७७
छन्दैमा रचियो मिठो सरसको साहित्य वेदान्तको छन्दैमा सजिए सुधा सगरका जीवन्त साम्राज्य भो उस्तै सागर देख्छु छन्द जसरी बग्दैछ एकान्तमा नाच्दै चल्छ घरी वसन्त वनको वर्षन्छ वर्षा यहाँ ।१। पाखा पर्वत गाउँछन् मिलनको भाका यही छन्दमा मौरी छन्द पिई रमी...
नारायण गौतम,   बैशाख ८, २०७७
जया बुढाथोकी,   बैशाख ८, २०७७


डा. घनश्याम परिश्रमी,   बैशाख ८, २०७७
कलुषित मन आत्मीय हुँदैनन् ! पीडित जनका दुख बुझ्दैनन् !! मौका पर्दा चौका हान्छन् ! सज्जनलाई दुश्मन ठान्छन् ।।१ जताततै गर्दछन् दलाली । पासाे थाप्छन् सबतिर जाली ।। हिँड्छन् साजिस गाेटी चाली। घातक चिन्तन मनमा पाली ।।२ आफ्नै हाेस् सब...

राज पाखे,   बैशाख ६, २०७७
भुलिदिउँला संसार सारा तिम्लाई भुल्नु कसो गरी ? खसे पनि सारा तारा तिम्लाई भुल्नु कसो गरी ? संघर्षका यात्राहरू कटाउन सहयोग गर्ने भेटिएला क्वै सहारा तिम्लाई भुल्नु कसो गरी ? जबजब मस्तिष्कले 'एक्लै कति जिउँछस् ?' सोध्छ मुटुले चर्काउँछ नारा...

रूपक अलङ्कार,   बैशाख ६, २०७७
समय यो नवदानवझैँ भयो तन मिलेर निलेर कहाँ गयो फुल समान प्रफुल्ल थिएँ सधैँ शिशिरको म शिरीष भएँ कठै ! चरण जीवनको रणमा टुटे कति लडेर बडेर त्यहीँ उठे हृदय आँट विराट छ झन् अझै शिशिरको म शिरीष भएँ कठै...

हरिविनोद अधिकारी,   बैशाख ६, २०७७
२०. मेरा पात्रहरू जति जति म परिपक्व हुँदै गएँ, ती पनि परिपक्व हुँदै गए । मैले जेजे जानेको हुन्थेँ, तिनले पनि ती ती कुराहरू जानेका हुन्थे । जब म केही जान्दै गएँ, पछि गएर मेरा पात्रहरू पनि भलादमी हुन थाले...

नजरराम महर्जन,   बैशाख ६, २०७७
असोज २० गते बुधवार मेरो प्रतिक्षाको घडी नजिक आयो । २० गते मलाई फेरि अदालत लैजान दुई जना महिला प्रहरीहरू आए । हिजो नै प्रहरीले मेरो विरुद्ध अदालतमा अभियोग पत्र दर्ता गराई सकेको रहेछ । आज पनि हामी ट्याक्सीमै गयौं...

हिमाल सरोवर ठकुरी,   बैशाख ६, २०७७
थुप्रै उमंगहरू, थुप्रै उपहारहरूबोकेर आउँछ कयौँ अवसरहरू, कयौँ चुनौतीहरू अनगिन्ती खुसीहरू, मुस्कानहरू थाहा छैन केके बोकेर आउँछ जाँदा पनि कयौँ कुरा लिएर जान्छ अनगिन्ती चोटहरूदिएर जान्छ कतिलाई रुवाएर, कतिलाई उजाडेर जान्छ कतिको जिन्दगीमा प्रेमको फूल रोपीजान्छ कतिको जिन्दगी कुल्चिएर जान्छ...

जानु काम्बाङ लिम्बू,   बैशाख ६, २०७७
उहिले उहिले माङले थेगु उभ्याएपछि उभिएको हो रे हाम्रो पनि मनमा आस्था र विश्वासको हिमाल ! मलाई मेरो देशको सगरमाथा र, बाको शिरको टोपी उस्तै लाग्थ्यो हो, त्यो सगरमाथा टोपी उभिरहन्थ्यो हमेसा बाको स्वाभिमानी शिरमा ! सायद बाको शान थियो...

धनचन्द्र राई,   बैशाख ६, २०७७
जीवन एउटा किताब हो पन्नाहरू खाली भए पनि कथाहरू अपुरो भए पनि अध्यायअध्याय जोडेर पूर्णाङ्क बाँच्नु । म असामयिक मृत्युसँग लुकेर मेरो जस्केलीको बाटो हुँदै तिम्रो करेसाबारी सम्म आएर गमलामा एउटा सूचना टाँसेको छु तिमीले तिम्रो भुईँ झ्याल खोलेर हेर्नु...

डा. रत्नावली शर्मा,   बैशाख १, २०७७
विरूप बनिरहेछ विश्व सन्त्रस्त छन् मनहरू नदेखिएको, नछोइएको विषाणु सल्बलाइरहेछ बन्द छन् जीवनहरू घरभित्र नयाँ वर्ष भारी पाइतला लिएर अगाडि बढ्दै छ । म चियाइरहेछु संसार झ्यालबाटै मन्दिर, मस्जिद, गुम्बा र चैत्यहरूले निषेध गरेका छन् तिम्रो पदार्पण कतै टेकिन्छ कि...

हरिविनोद अधिकारी,   चैत्र २९, २०७६
१५. पण्डित साम्बभक्त सुवेदी गुरुले एक दिन गाइजात्रे पत्रिका पढ्न दिनुभयो- हाँस्ने कुरा र व्यंग्य चित्रसहितको । हामीलाई गाईजात्राकैबारेमा थाहा थिएन, झन् गाईजात्रे पत्रिकाको के कुरा भयो र ? पत्रिकाका बारेमा भने मलाई थाहा थियो किनभने बाले गोरखापत्रको मेरो र...

नजरराम महर्जन,   चैत्र २९, २०७६
म हनुमान ढोका पुगेको दोस्रो दिन बिहान ५ बजे मेरो निद्रा खुल्यो । यसो हेरेको त बाटोभरि लाइनका लाइन मानिसहरू मस्त निद्रामा सुतिरहेका थिए । कोठातिर हेरें । हरेक कोठाको ढोका खुल्लै रहेछ । त्यहाँ त महिला थुनुवाहरू पनि रहेछन्...

डा. घनश्याम परिश्रमी,   चैत्र २२, २०७६
विषमय वातावरण छ अहिले । हाेला यो विष फिर्ता कहिले ।। जनजन मनमा संशय छायो । काेराेनाले त्रास बढायो ।। सहजै यसले परिचय दिन्न । चक्षु ज्याेतिले देख्न सकिन्न ।। जीवनघाती वाण चलायाे । विषकाे अणु यसरी बहुलायाे ।। सर्दै,...

देवेन्द्र केसी 'देवु',   चैत्र २२, २०७६
कोरोना कहरले कुनै मान्छे अछुतो रहेन थुपार्न सकिनछु भन्ने केही पछुतो रहेन पस्यो अमीर, गरिब सबैसबैका मनमा चुँडिएपछि तार भविष्य वा भुतो रहेन । याद त आउँदो हो नि हजुर ! दिनमा पनि रातमा पनि माया त लाउँदो हो नि...

सीताराम नेपाल,   चैत्र २२, २०७६
ब्यथा आआफ्नै यसपाली पनि जाडो लागछाडको ज्वरोजस्तै हुँदा हुँदै फागु पूर्णिमा आयो । मैले उघ्रिएको नीलो आकाशमा छाएको घामतिर आङ्ग फर्काउदै सोच्न थालेँ । फागु पूर्णिमामा हुने फागु पर्व, रङ्ग पर्व, जसलाई होली पर्व पनि भनिन्छ । तर हेर्दाहेर्दै फागुपर्व...

वियोगी बुढाथोकी,   चैत्र २२, २०७६
छ दशक लामो निरर्थक जिन्दगीको जोड-घटाउ नाफा-नोक्सान घाटा-पूर्ति असल-खराबबाट आर्जित समयले दिएको कमाइको सम्पादनमा छु । अलिक टाढै बस याद, माद र साथहरू भेट्नु-छुट्नु देखिनु-छेकिनु पाउनु-गुमाउनु जोड्नु-तोड्नु जित्नु-हार्नु आवेग-संवेगसँग खेलिएको खेललाई आफूभित्र रूपान्तरण गर्दै जति सकिन्छ परिमार्जन गर्न बसेको छु...

नजरराम महर्जन,   चैत्र २२, २०७६
म प्रहरी खोरमा पुगेको पहिलो दिन २०६७/०६/०७ विहिवार २०६७ साल असोज ७ गते विहिवार समयबजि पुर्णिमा (इन्द्रजात्रा)को दिन मेरो जिन्दगीको पहिलो अविस्मरणीय दिन । यो दिनको घटना मेरो जीवन कहानीमा स्वर्णीम अक्षरले लेख्छ कि कालो मसिले कालो दिनको रूपमा लेख्छ...

हरिविनोद अधिकारी,   चैत्र २१, २०७६
१. बालापनको कुरा हो । मात्र ९ या १० वर्षको बेला । सायद कक्षा ४ मा हुनुपर्छ या कक्षा ५ मा। गाउँमा चतुर्मासामा पुराण लगाउने चलन थियो । पुराण भन्ने पण्डित हुुनुहुन्थ्यो साम्बभक्त सुवेदी मुरारी। त्यो बेलाको सबैभन्दा चर्चित युवा...