बैशाख २१, २०८१, शुक्रबार

टङ्क भट्टराई,   असार २०, २०७७
हरेक चोटि मैले घर छोड्दा बर्सात् हुन लागेको घुर्मैलो बादल झारेर मुहारमा तिमीले बिदाइको हात हल्लाउँछ्यौ तिमीसँगै छोडिन्छ बकैनाको रूखमा अल्झिएको घामको मुस्कान घरछेउको रहरलाग्दो तोरीबारी गुँडमा माया पोखिरहेको एक जोडी परेवा बताससँगै मायालु मन मैलाई पठाएर तिमी मुर्झाएकी हुन्छ्यौ...


सीताराम नेपाल,   असार १३, २०७७
कतै छेकेर पार्यौ नि डुबानमा कतै मिच्या छौ आमाको कोखो को रहेछ सुम्पने खोज्ने बेला भो रगत मेरो हो नि देशको लागि भन्छौँकतिले ? स्वागत गरौँ ठूलाका राम्रो कदम् भूमि फिर्ता को चढ्यो त्यो चोसो लिम्पिया काली निशान छाप त्यो...

टीका चाम्लिङ,   असार १३, २०७७
कोरिसकेपछि सयौं चित्र एक्कासि थिच्यो भ्यानगगलाई कुख्यात अपराधीले खेपिरहेको कठोर यातनाजस्तो हजारौं दुःखले तर, थिच्न सकेनन् उनको मुटु, मस्तिष्क र सपनाको अनन्त परिधिलाई झुल्कियो मस्तिष्कमा कलिलो घाम चुम्यो क्यानभाष-क्षितिजले पोतियो मुटु-रङ्गले ओर्लियो जून-शिल्पले फक्रीयो आँखा-सपनाले र, मुस्कुरायो सूर्यमुखी फूल नाघेर...

वासुदेव अधिकारी,   असार १३, २०७७
प्रिय बन्दाबन्दी, आफूलाई छाम्दैछु आफैँलाई हेर्दैछु विगतसँग बात मार्दैछु संसार बनाउन मुलुक सपार्न अरुलाई कति गाली गरेँ ? आफूले कति काम गरेँ ? एक एक जोखिरहेछु एक एक हिसाब निकालिरहेछु जंगल जानेहरुले जंगल फाँडे नदी पस्नेहरुले वालुवा चोरे कानुन लाग्ला...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडौँ । कोभिड१९ का कारण नेपाल प्रज्ञाप्रतिष्ठानले २०७७ असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव२०७७ स्थगन गरेको जानकारी दिएकाेछ । प्रतिष्ठानले २०७७ असार ६ गते शनिबार सूचना जारी गरी कोभिड१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३ औँ...

प्रशान्त उप्रेती,   असार ७, २०७७
बिद्यालय बन्द भो छोरो अनपढ हुने भो भन्छिन आमा छोरोले पहिलो प्रेम पत्र नै पो लेखेछ बन्दाबन्दि मै सामाजिक दुरी राख , सामिप्यता नजोड भन्छन बैज्ञानिक अनि विश्व छोरोले एक झ्याल बाट अर्को झ्यालमा पो मन जोडेछ बन्दाबन्दि मै छोरो...

हरिविनोद अधिकारी,   असार ६, २०७७
अतीतका तरेलीमा घुम्न मज्जा त हुन्छ । तर खासै तिथि मितिको अब याद हुन पनि छाडेको छ । आजभन्दा ५० वर्षअघि मैले सिन्धुली माडीको कमला हाइ (इङ्लिस) स्कुलबाट एसएलसी परीक्षा दिएको थिएँ २०२६ सालमा । अब धेरै साथीहरूको नाम पनि...

ग्यालक्स श्रेष्ठ,   असार ६, २०७७
बदलिँदो परिस्थितिमा निर्भर उही उसका सपना , उसका आकाङ्क्षा प्रतिको प्रतिबिम्बित आकृति देखि ऊ डराई रहेछ सङ्कोच छ तर पनि उभित्र उसको अनुहार कुरूप देखिन्छ संसार कुरूप देखिन थालेको छ फेरि पनि ऊ कुरूप भएका ती सबै कुरा हेर्दै संसार...

नजरराम महर्जन,   असार ६, २०७७
भद्र बन्दी गृहको ३५औँदिन२०६७/०७./२४बुधवार(१० नोवेम्बर २०१०) ओम शान्तिमा गएँ । आज इन्जिनियर सुदिप भाइजीले दानको महिमा बारे बताउनु भयो । दान दिनुपर्छ । दान दिंदा त्यसको सदुपयोग हुन्छ कि हुँदैन त्यो पनि ख्याल गर्नुपर्छ । एउटा हट्टाकट्टा मान्छे भीख मागिरहेको...

सुरेश हाचेकाली,   असार ६, २०७७
तुषारोले कठाङ्ग्रिएको हिउँदमा पनि चोलो फुकाएर चुलोमा भान्सा तयार गर्ने हजुरआमा समयक्रममा नाकको लोती नै चुडाउने कमसल सुनको बुलाकी लगाएकी हजुरआमा हरेक एकादशीमा हजुरबाका गाउँडुलुवा गोडाको पानी खाने हजुरआमा शौचालयबाट फर्केपछि माटो र पानीले हात धुने हजुरआमा करेसाबारीबाट एक अँगालो...

सीताराम नेपाल,   असार ६, २०७७
सुनौलो मौका इतिहास रच्ने हो (भूमि) फिर्ता लिने हो ज्याद्रो छ पापी थिच्नेमिच्ने बानि छ खोजौ प्रमाण बुलन्द बोले विधानमा हालेर नाकै जोगाए युगौँ हाम्रो त्यो खिचोला किन गर्यौ कालीवारीमा आचार तोडी बहिस्कार पो गरी भारतकी ले कस्ता मित्र हौ...

भिम राई (माक्पाली कान्छा),   असार ६, २०७७
अम्बोटे अलिकती ढुँगा बलौटे माटो दम्साईलो बाटो माथी बेहेरे, उता विन्दा, यता चिउरीखर्क, तल तापखोला पारी पट्टि लाप्चा, साब्रु खेत खेत, बारी बारी परेको भिरालो भिरालोको बिचमा अलिकती उब्रिएको मैदान गुजुक्क परेका १८, १९ घर रमिते, टारी र सिरान यति...

हरिविनोद अधिकारी,   जेठ ३१, २०७७
कसैको पनि जीवन सोचेको जस्तो लयमा चलेको हुँदैन । सबैको आफ्नै अपेक्षाहरू हुन्छन्, लयमा चलाउने कोसिस सबैले गरेका हुन्छन् । तर हुनु जे छ, हुन्छ र नहुनु जे छ हुँदैन भनिन्छ । हामी सामान्य मानिसहरूको जीवन आफ्ना स्वार्थका घेराभित्रै बाँधिएर...

जानु काम्बाङ लिम्बू,   जेठ ३१, २०७७
बुझेर हो कि नबुझेर हो ताली बजाइरहेका छन् एक हुल मान्छेहरू सिंहदरबारको पश्चिमगेट अगाडि ! सिंहदरबारभित्र सुन्दर र विशाल चउर छ त्यही भव्य चउरको बिचमा पानीका आकर्षक फोहराहरू स्वर्गका परीहरूझैँ नृत्यमग्न छन् । मेलम्चीको चिसो पानी पिउन हिमालदेखि ओर्लेका छन्...

नजरराम महर्जन,   जेठ ३१, २०७७
भद्र बन्दी गृहको ३२औँदिन२०६७/०७/२१आइतवार (७ नोवेम्बर २०१०) आज भाइटिकाको दिन । दशैँमा जस्तै बाहिर चउरमा राखेर टिका लगाउन दिइएकोछन् । दिदी बहिनी हुनेहरू दाइभाइलाई टिका लगाउन आइरहेका थिए । १२ बजेदेखि मेरो प्रतीक्षाको घडी सुरु भयो । माइकबाट मेरो नाम...

हिमाल सरोवर ठकुरी,   जेठ ३१, २०७७
कहिले बिहानको लाली किरण, कहिले जूनको सितलता लाग्थ्यौ तिमी, आउन त बिहान बोकेर आएको थियो घाम, त्यही घामले जूनलाई हस्तक्षेप गरेको छ। न तिमी जून रहिरहन सक्यौ, न तिमी बिहानी बनिरहन सक्यौ, यहाँ तिमी दुईभागमा बिभाजित छौ, यहाँ तिमी स्थिर...

सीताराम नेपाल,   जेठ ३१, २०७७
१. मुक्ति चाहना मेरो र बाको पनि कहिले पुग्ला २. आयो लहर घरलौरी नछोडी बढेको कर ३. चुनौति बढ्यो नवीन र अनौठो सामना गर्छु ४. लाग्दिन पछि श्यालहुइयाँ चिन्छु बुद्धिजीवी म ५. बिदेशियो ऊ सपना बुन्दै बुन्दै विपना शून्य ६....

बि. एन ढकाल,   जेठ ३१, २०७७
बढेपछि सपनाको पिरामिड साँल्दाइ पसेका थिए सहर ! सहर पस्नुअघी बुबाले भन्नुभएथ्यो- 'साँइला, शहर गए पनि नबिर्सनु गाउँघर मलाई दम छ, आमालाई प्रेसर- फोन गर्दै गर्नु ! उनले पनि हल्लाएका थिए हल्लाउन त टाउको हुँन्छु भन्दै ! तर, सहर गएपछी...