असार २९, २०८१, शनिबार

रूपक अलङ्कार,   बैशाख ०६, २०७७
समय यो नवदानवझैँ भयो तन मिलेर निलेर कहाँ गयो फुल समान प्रफुल्ल थिएँ सधैँ शिशिरको म शिरीष भएँ कठै ! चरण जीवनको रणमा टुटे कति लडेर बडेर त्यहीँ उठे हृदय आँट विराट छ झन् अझै शिशिरको म शिरीष भएँ कठै...


हिमाल सरोवर ठकुरी,   बैशाख ०६, २०७७
थुप्रै उमंगहरू, थुप्रै उपहारहरूबोकेर आउँछ कयौँ अवसरहरू, कयौँ चुनौतीहरू अनगिन्ती खुसीहरू, मुस्कानहरू थाहा छैन केके बोकेर आउँछ जाँदा पनि कयौँ कुरा लिएर जान्छ अनगिन्ती चोटहरूदिएर जान्छ कतिलाई रुवाएर, कतिलाई उजाडेर जान्छ कतिको जिन्दगीमा प्रेमको फूल रोपीजान्छ कतिको जिन्दगी कुल्चिएर जान्छ...

जानु काम्बाङ लिम्बू,   बैशाख ०६, २०७७
उहिले उहिले माङले थेगु उभ्याएपछि उभिएको हो रे हाम्रो पनि मनमा आस्था र विश्वासको हिमाल ! मलाई मेरो देशको सगरमाथा र, बाको शिरको टोपी उस्तै लाग्थ्यो हो, त्यो सगरमाथा टोपी उभिरहन्थ्यो हमेसा बाको स्वाभिमानी शिरमा ! सायद बाको शान थियो...

धनचन्द्र राई,   बैशाख ०६, २०७७
जीवन एउटा किताब हो पन्नाहरू खाली भए पनि कथाहरू अपुरो भए पनि अध्यायअध्याय जोडेर पूर्णाङ्क बाँच्नु । म असामयिक मृत्युसँग लुकेर मेरो जस्केलीको बाटो हुँदै तिम्रो करेसाबारी सम्म आएर गमलामा एउटा सूचना टाँसेको छु तिमीले तिम्रो भुईँ झ्याल खोलेर हेर्नु...

डा. रत्नावली शर्मा,   बैशाख ०१, २०७७
विरूप बनिरहेछ विश्व सन्त्रस्त छन् मनहरू नदेखिएको, नछोइएको विषाणु सल्बलाइरहेछ बन्द छन् जीवनहरू घरभित्र नयाँ वर्ष भारी पाइतला लिएर अगाडि बढ्दै छ । म चियाइरहेछु संसार झ्यालबाटै मन्दिर, मस्जिद, गुम्बा र चैत्यहरूले निषेध गरेका छन् तिम्रो पदार्पण कतै टेकिन्छ कि...

हरिविनोद अधिकारी,   चैत २९, २०७६
१५. पण्डित साम्बभक्त सुवेदी गुरुले एक दिन गाइजात्रे पत्रिका पढ्न दिनुभयो- हाँस्ने कुरा र व्यंग्य चित्रसहितको । हामीलाई गाईजात्राकैबारेमा थाहा थिएन, झन् गाईजात्रे पत्रिकाको के कुरा भयो र ? पत्रिकाका बारेमा भने मलाई थाहा थियो किनभने बाले गोरखापत्रको मेरो र...

नजरराम महर्जन,   चैत २९, २०७६
म हनुमान ढोका पुगेको दोस्रो दिन बिहान ५ बजे मेरो निद्रा खुल्यो । यसो हेरेको त बाटोभरि लाइनका लाइन मानिसहरू मस्त निद्रामा सुतिरहेका थिए । कोठातिर हेरें । हरेक कोठाको ढोका खुल्लै रहेछ । त्यहाँ त महिला थुनुवाहरू पनि रहेछन्...

डा. घनश्याम परिश्रमी,   चैत २२, २०७६
विषमय वातावरण छ अहिले । हाेला यो विष फिर्ता कहिले ।। जनजन मनमा संशय छायो । काेराेनाले त्रास बढायो ।। सहजै यसले परिचय दिन्न । चक्षु ज्याेतिले देख्न सकिन्न ।। जीवनघाती वाण चलायाे । विषकाे अणु यसरी बहुलायाे ।। सर्दै,...

देवेन्द्र केसी 'देवु',   चैत २२, २०७६
कोरोना कहरले कुनै मान्छे अछुतो रहेन थुपार्न सकिनछु भन्ने केही पछुतो रहेन पस्यो अमीर, गरिब सबैसबैका मनमा चुँडिएपछि तार भविष्य वा भुतो रहेन । याद त आउँदो हो नि हजुर ! दिनमा पनि रातमा पनि माया त लाउँदो हो नि...

सीताराम नेपाल,   चैत २२, २०७६
ब्यथा आआफ्नै यसपाली पनि जाडो लागछाडको ज्वरोजस्तै हुँदा हुँदै फागु पूर्णिमा आयो । मैले उघ्रिएको नीलो आकाशमा छाएको घामतिर आङ्ग फर्काउदै सोच्न थालेँ । फागु पूर्णिमामा हुने फागु पर्व, रङ्ग पर्व, जसलाई होली पर्व पनि भनिन्छ । तर हेर्दाहेर्दै फागुपर्व...

वियोगी बुढाथोकी,   चैत २२, २०७६
छ दशक लामो निरर्थक जिन्दगीको जोड-घटाउ नाफा-नोक्सान घाटा-पूर्ति असल-खराबबाट आर्जित समयले दिएको कमाइको सम्पादनमा छु । अलिक टाढै बस याद, माद र साथहरू भेट्नु-छुट्नु देखिनु-छेकिनु पाउनु-गुमाउनु जोड्नु-तोड्नु जित्नु-हार्नु आवेग-संवेगसँग खेलिएको खेललाई आफूभित्र रूपान्तरण गर्दै जति सकिन्छ परिमार्जन गर्न बसेको छु...

नजरराम महर्जन,   चैत २२, २०७६
म प्रहरी खोरमा पुगेको पहिलो दिन २०६७/०६/०७ विहिवार २०६७ साल असोज ७ गते विहिवार समयबजि पुर्णिमा (इन्द्रजात्रा)को दिन मेरो जिन्दगीको पहिलो अविस्मरणीय दिन । यो दिनको घटना मेरो जीवन कहानीमा स्वर्णीम अक्षरले लेख्छ कि कालो मसिले कालो दिनको रूपमा लेख्छ...

हरिविनोद अधिकारी,   चैत २१, २०७६
१. बालापनको कुरा हो । मात्र ९ या १० वर्षको बेला । सायद कक्षा ४ मा हुनुपर्छ या कक्षा ५ मा। गाउँमा चतुर्मासामा पुराण लगाउने चलन थियो । पुराण भन्ने पण्डित हुुनुहुन्थ्यो साम्बभक्त सुवेदी मुरारी। त्यो बेलाको सबैभन्दा चर्चित युवा...

राजु खप्तडी बस्नेत,   चैत १५, २०७६
तिम्रो खोजको ब्रह्मयात्रामा कतै म अल्मलिएँ भने तिम्रै अर्को आयामसँग मेरो चित्त हराएको हुन्छ । यो शून्य खगोलभित्र कतै म अलग्गिएँ भने तिम्रै अर्को परिधिसँग मेरो सम्बन्ध गाँसिएको हुन्छ । मन भयो बिरानो, आकाशमा झार उम्रियो हिँड्नै छाडे जूनतारा, वर्षौं...

प्रशान्त उप्रेती,   चैत १५, २०७६
जलन गर्न त सक्थेँधेरै प्रगति, अनन्तकालसम्म इच्छाशक्तिले भरिपूर्ण छु, दीर्घकालसम्म तर अचनाक रोकिदिए बीचैमा प्रगति आफ्नालाई सम्झेर आफन्तको कमसल सहनशक्ति अनि जलन कहिलेसम्म ? कोरोना आफ्नै प्रेमिकासँग जीवनको भिखमाग्नुपर्ने कस्तो दिन आयो- मान्छे देख्दा मान्छे भाग्नुपर्ने सरकार एकोहोरो आदेश दिन्छ-...

उषा आचार्य,   चैत १५, २०७६
दैव पनि किन होला टाढा सरेको छ आजभोलि ज्यानलाई विपद् परेको छ न आउँछ स्वयम् ऊ, न टार्छ यो बेला किन लुकाछिपी खेल्ने गरेको छ बन्द छन् नयन यी मौन छ ओठ काटिए पदचाल पङ्ख झरेको छ बाँधेका सपना उड्दै...

प्रज्वल अधिकारी,   चैत ०८, २०७६
यात्रा हो जिन्दगी भन्छ्यौ भने हिँड्नु मन नथाकुन्जेल हिँड्नु म बाटो बनेर छाती थापिदिनेछु । गन्तव्य हो जिन्दगी भन्छ्यौ भने चुम्नु सफलताका हरेक शिखरहरू म साहस बनेर उभिइदिनेछु । विश्राम हो जिन्दगी भन्छ्यौ भने आऊ धित मरुन्जेल बस म चौतारो...

भगवती रोका 'भूमिका',   चैत ०८, २०७६
१ तिर्खा लाग्दा पानी माग्यौ कुवा बनीदिएँ जाडो हुँदा न्यानो माग्यौ भुवा बनीदिएँ । आफू पुरै रित्तिएर जे जे माग्यौ त्यही दिएँ तिमिलाई जीताउन खालको जुवा बनीदिएँ २ तिम्रो मेरो सम्बन्धको चर्चा चलेको छ बजारमा हल्लैहल्लाको पर्चा चलेको छ ।...