जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७९
दाङ।सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन । निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको...


लोकसंवाद संवाददाता,   आश्विन २७, २०७९
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्बतको नयाँ वर्ष र राष्ट्रिय विभूति शंखधर साख्वाः बारे आफु परिचित रहेको बताउनु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको एक प्रतिनिधिमण्डललाई भेटघाट गर्ने क्रममा प्रम देउवाले भन्नुभयो नेपाल सम्बतको नयाँ वर्ष तथा राष्ट्रिय...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७९
काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत पेशागत संघ संगठनले माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचार ग्राममा आज बसेको सयुक्त बैठकले राससमा कार्यरत २२...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७९
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट रूपन्देही क्षेत्र नम्बर २ मा गठबन्धन उम्मेदवार राजु गुरुङ सर्वोच्च अदालत पुग्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले गरेको आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै उहाँ सर्वोच्च पुग्नु भएको हो । निवर्तमान कानून मन्त्री गोविन्द...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारमाथिको दाबी विरोध सकिएर निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न समेत वितरण गरेको छ । बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिरहेका बेला रुपन्देही२...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७९
कास्की ।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगदसहित सम्मान गरिने महानगरले जनाएको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७९
स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ए जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । दसैँतिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालीगण्डकी ए...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७९
तनहु ।नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको संख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जना उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । उजुरीमाथि छानबिन...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७९
नुवाकोट ।दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैँ बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा दीपेन्द्र...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७९
काठमाडौं निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका सबै राजनीतिक दलहरूद्वारा निर्वाचन आयोगमा बुझाईएकोसमानुपातिकतर्फका उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ। आयोगले आज बिहानै सबै दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो। आयोगद्वारा सार्वजनिकसूचि यस प्रकार रहेको छ ।

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उमेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ । निर्वाचन आयोगले मंगलबार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको हो । त्यसैगरीप्रदेशसभार्तफ ३,४८१ जनाको सूची सार्वजनिक गरिएको छ । मंगलबार साँझ प्रतिनिधिसभा तर्फ...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७९
काठमाडौँ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७९
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउन अब ४० दिन बाँकी छ । निर्वाचन कार्यतालिका अनुुसार आज उम्मेदवारको नामावली प्रकाशन गरी भोलि निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । यस पटकको निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार दाबी गर्दै आधा दर्जन...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७९
सिन्धुली । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७९
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुँदैछ । यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७९
तनहुँ । व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अट्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेद व्यासको अवतरण भूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७९
मोरङ । नेकपा (माओवादी केन्द्र)प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिनुभएको हो ।...