बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७९
स्थानिय निकायमा समावेशी जन प्रतिनिधित्व हुनुपर्ने अनिवार्य संवैधानिक व्यवस्था पर्सा जिल्लाका नेता पत्नीका लागि भने राम्रै फापेको छ । ठुलो एवम् सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली काँग्रेस, कम्युनिष्टदेखि मधेसी दलहरूका नेताले उपमेयरको उम्मेदवारमा आफ्नै श्रीमतीलाई अगाडि सारेका छन्। मुख्यमन्त्री लालबाबु...


लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेमाथि यतिबेला गज्जबको जिम्मा छ, त्यो भनेको निलम्बित को पक्षमा काँध थाप्ने । केही समयअघि निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको वकालत गरिरहेको एमाले यतिबेला निलम्बित गभर्नर महाप्रसाद अधिकारीको पक्षमा न्वारान देखिको बल लगाइ रहेकोछ ।...

नवीनचन्द्र घिमिरे,   चैत्र २८, २०७८
पहाडहरू समान उचाइ वा समान आकृतिका भए कदाचित् स्वाभाविक र प्राकृतिक लाग्दैनन् । ठीक त्यसैगरी हातका अथवा गोडाका औँलाहरू पनि समान उचाइ वा समान आकृतिका भए ती पनि स्वाभाविक र प्राकृतिक लाग्दैनन् । यिनको असमानतामा प्राकृतिकता भेटिन्छ, स्वाभाविकता महसुस हुन्छ...

ऋतु आशिक,   चैत्र २७, २०७८
नौ वर्षीया ! मेरी छोरी कल्पना विश्वको मानचित्रमा औंल्याउँदै भन्छिन् 'बुबा ! नेपाल कहाँ पर्छ ?' 'छोरी नेपाल यहाँ पर्छ' छोरी भन्छिन् 'कति सानो देश' छोरीलाई भन्छु हाम्रो देशभन्दा सानो जो सिक्किम देश थियो 'अहिले भारत भएको छ छोरी' ,...

सन्जिप राई,   चैत्र २७, २०७८
आज चैत २७, सहिद रत्न बान्तवाको ७० औ जन्म जयन्ती तथा ४३ औ स्मृति दिवस !स्वर्णिम भविष्यको सपना देखिरहेको र त्यस प्रतिको सृजनशील लगाव, आलोचनात्मक चेत र अदम्य साहस बोकिरहेको जो कोही क्रान्तिकारी र देशभक्त युवाहरू, जसले महान् सहिद रत्न...

अंशु भूसाल,   चैत्र २७, २०७८
टाइफाइड वा म्यादे ज्वरोका कारण हुने क्षति कम गर्न नेपाल सरकारले टाइफाइड विरुद्धको राष्ट्रव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ ।औपचारिक रुपमा प्रधानमन्त्रीबाट शुभारम्भ गरिएको यो अभियान वैशाख १८ गतेसम्म जारी रहने छ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई एक मात्रा...

हरिविनोद अधिकारी,   चैत्र २६, २०७८
समयलाई कसरी परिभाषित गर्ने ? समय के हो ? के समय आफैँमा परिवर्तनको वाहक हो ? या परिवर्तन आफैँ समाज र पात्रहरु खोज्दै आइपुग्छ होला त हामी समक्ष ? हामीलाई समयले परिवर्तन गरिरहेको हो कि हामीले समयलाई परिवर्तन गरिरहेका छौँ...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
राजनीतिक दलका नेताहरुलाई यतिबेला चुनाबले झपक्कै छोपेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु जुटिसकेका छन् । एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमालेसहित सत्ता बाहिर रहेका संसदवादी राजनीतिक दलहरुको मोर्चा मैदानमा आमुने सामुने हुने तयारीमा छन्।...

जिके पोख्रेल,   चैत्र २३, २०७८
अन्जान र अल्पज्ञानीहरू इतिहासका पानामा रुमल्लिन्छन् । आफूलाई सर्वज्ञ ठान्छन् र आफ्नो अजासु (अति जान्ने सुन्ने) चेतनाको चक्रव्यूहमा अभिमन्यू हुन्छन् । अलिकति ज्ञानगुनका कुरा र अलिकति चेतना निर्माण गरेका योगीहरू निर्धारित समयका लागि ओथारो बस्छन् र सम्भावनाका सहस्र चल्ला कोरल्छन्...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
आशुतोष अधिकारी प्रिमियर लिग उपाधिका लागि २ इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुलबीच चलिरहेको प्रतिस्पर्धा उत्कर्षमा छ ।प्रिमियर लिगमा ३० राउण्डको खेलको समाप्तपमा सिटी ७३ अंकसहित पहिलो स्थानमा छ भने मात्र १ कम अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । उपाधिको...

हरि अधिकारी,   चैत्र २२, २०७८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्ध संसद्मा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई तुहाउन संसद् नै भंग गराइदिएका छन् । संसद्मा मतदान गराइएका खण्डमा निश्चित रूपमा पारित हुने ठानिएको सो अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गराउन इमरानकै पार्टीका सांसद र सभामुखको कार्यभार सम्हालिरहेका...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७८
सरकारले व्यापार घाटा नियन्त्रण गर्ने नीति नल्याउँदा देशको अर्थतन्त्र टाट पल्टिने दिशातिर उन्मुख हुँदै गएको छ । समृद्ध देशको तिलस्मी कथा सुनाउने राजनीतिक दलहरु देशको अर्थतन्त्र बलियो बनाउन, व्यापार घाटा कम गर्न, राष्ट्रिय उत्पादन बढाउने कार्यमा असफल हुँदा देशको अर्थतन्त्र...

पर्वत भट्टराई,   चैत्र २१, २०७८
मानव सभ्यताको सुरुदेखि नै एकले अर्कालाई सम्मान, कदर, प्रशंसा र इज्जत दिने परम्पराको विकास भएको पाइन्छ । जसले उत्कृष्ट, राम्रो र प्रगतिशील काम गर्छ, उसलाई कामअनुसारको सम्मान दिने कुरा सामाजिक जीवनको अभिन्न अंगपनिहो । यस्तो कार्य सभ्य समाजकालागि आवश्यकता जस्तै...

कुलचन्द्र सिलवाल,   चैत्र २०, २०७८
विश्व बैंक २०२१ को तथ्यांक अनुसार नेपालमा ७९.४२ प्रतिशत जनसंख्या ग्रामिण क्षेत्रमा बसोवास गर्दछन् । यस क्षेत्रमा वसोवास गर्ने समुदायका लागि नेपाली भान्सामा हालपनि खाना पकाउने उर्जाको स्रोत भनेकै दाउरा, गुइँठा र कृषि अवशेष नै हुन । हाल नेपालमा विजुली...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७८
नेपाल र भारतबीचको सीमा विवाद वार्ता र संवादमार्फत टुंगो लगाउन सहमत भएका छन् । भारतीय विदेश सचिव हर्षवर्द्धनशृङगलाले दुई देशबीचको सीमा विवादमा राजनीतिकरण भएको भन्दै सीमालाई राजनीतिकरण गर्न नहुने विषय भारतले उठाएको छ । नेपालले भने दुई देशबीचको संयन्त्रमार्फत सीमा...

हरिविनोद अधिकारी,   चैत्र १९, २०७८
शिक्षा दिने होइन, सिकाउने हो । सिकाउने के भनेर ?समय, विश्व परिवेश, समसामयिक समाज, प्रचलित परम्परा र विश्वका अन्य देशहरुले गरेका राम्रा अभ्यासहरूलाई सिकाउने हो । संसार सानो भइसक्यो, कुनै पनि देश आफैँमा मात्र निर्भर हुन सक्दैन र परनिर्भरता ले...

घनेन्द्र ओझा,   चैत्र १६, २०७८
१०४ वर्षे जहानियाँ राणा शासनको जरो उखेलिसकेपछिको खुला राजनीतिक, सामाजिक वातावरणमा लोकतन्त्र पक्षधर, स्वतन्त्रताका हिमायती, जनअधिकारका अगुवाहरू बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल जस्ता लेखक, स्रष्टाहरूको तेज र विद्रोही मस्तिष्कबाट जन्मिएको अवधारणा हो- लोकतान्त्रिक लेखक,...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । नोभेम्बर, २०१९ मा भारतले जम्मु, काश्मिर र लद्दाखलाई अलग गरेर नक्सा सार्वजनिक गर्दा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई समेत भारतको नक्साभित्र राखेको थियो । त्यसको प्रतिक्रिया स्वरुप नेपालले...