बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
काठमाडौँ । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघको अन्तर्राष्ट्रिय समिति नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरियापराजित पोमु संयोजकत्वमा गठन गरिएको समाचार छ । महासंघका अनुसार २०७७ फागुन ९ गते आइतबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारहरुको...


विक्रम पवन परियार,   फाल्गुन ८, २०७७
हिमालजस्तो स्वाभिमान भएको बुद्धकोजस्तो विचार भएको म एक वीर गोर्खाली हुँ । अदम्य साहस बोकेर हिँडेका पैतालाहरू र तराईका फाँटजस्तो फराकिलो छातीमा आफ्नै माटोको रङ्ग टाँसेर निधारभरि हिँड्नु छ देश बनाउने अभियानमा । छोडेर पर्देशमै हरियो पासपोर्ट फर्किनु छ आफ्नै...

गोविन्द गोपाल खतिवडा,   फाल्गुन ८, २०७७
शार्दूलविक्रीडित छन्द माटोभित्र यहाँ हरेक कणमा छन् बुद्धका पाइला । शालिग्राम बनेर विष्णु भगवान् हुन्छन् नदीमा शिला ।। यी अग्ला हिमशैल छन्, प्रकृतिको नौलो चमत्कार छ । छन् मुस्कान यहाँ हरेक मुखमा, स्वर्गीय संसार छ ।। शेर्पा डम्फु बजाउँदै छ...

सीताराम नेपाल,   फाल्गुन ८, २०७७
के हेर्छौ भद्र घरै भत्काइ सक्दा मत्ता हात्तीले घर भाँडा त बाँदर खेदाइमा जनता जाग्दा हँसिलो नूर हाँडीघोप्टे स्वभाव ठूला ठालुको प्रगति कति बलुवाको उचाइ हावाको झोक्का बित्ला जीवन ढाँटछल गरेर सत्य पर्गेल मिचुवा मिले एकै ओछ्यान रोजे कस्ता पाखण्डी...

धनचन्द्र राई,   फाल्गुन ८, २०७७
मध्यरातमा राँको बालेर एकहुल सडक यात्रीहरु आफ्नो गन्तब्य खोजिरहेका छन् म छेउमा बसेर सडकको पम्प्लेटहरु पढिरहेकोछु लोकतन्त्र, भोकतन्त्र, शोकतन्त्र जोकतन्त्र र बिजोगतन्त्र आदिआदि निन्द्रा बिथोल्ने नाराहरु सुन्दैछु जिन्दावाद् , मुर्दावाद् ।। भरखरै कोरिएका चित्रहरुमा रंग भर्न नपाउँदै चित्रहरु मेटिन थालेपछि...

जया राई,   फाल्गुन ८, २०७७
म मेरो छोरा नजन्मिएकोमा निरास छु । ईश्वर !जसलाई जे चहिन्छ, त्यो चाहिँ किन दिँदैनौ नि !? तीनतीनवटी छोरीपछि त एउटा छोरा दिएकाे भएतिम्रो भण्डार त रित्तिने थिएन होला नि ! कसैलाई भने पाँचसात जना छोराको ताँती लगाउँछौ । मलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिताका साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
मकवानपुर । यस वर्षको हेमराज स्मृति पुरस्कार झरना साहित्यिक परिवार मकवानपुरलाई अर्पण गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि नगद एक लाख सहित ताम्रपत्र रहेको छ । साहित्यकार एवं समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७७
पाल्पा । नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानको छैंटौं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह पाल्पाको तानसेन स्थित धवल पुस्तकालयको सभाकक्षमा २०७७ फागुन १ गते सम्पन्न भएको छ । प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा साहित्यकार रमेश प्रसाद न्यौपानेको रहनुभएको थियो...

हरिविनोद अधिकारी,   फाल्गुन १, २०७७
आजको संसारमा फेरि धर्म र पापको कुरा सलबलाउन थालेको छ । नितान्त भौतिक संसारमा ती आध्यात्मिक चिन्तनको के महत्व होला र पनि संसारमा धर्मप्रति आस्था हुने व्यक्तिहरुको संख्या अत्यधिक देखिन्छ । अरु त अरुसंसारलाई प्रगतिशीलताको शिक्षा दिने, आधुनिकताको प्रतीक बनेको...

लालसुन्दर राई,   फाल्गुन १, २०७७
कहीँ उदास बादलको महलमाथि एउटा विशाक्त मुग्लानको परिवेशभित्र बिमारी सूर्य दुब्लाएर मुस्कान बेचिएको सहरभरि मेरो फिक्का जीर्ण जीवन निर्जन पखेरुमा सायद होला निक्कै अस्तिदेखि अनु्पम आँखाको दर्पण मनोरम मोह प्रणय प्रशान्तभित्र यहाँ भर्खरै कोही पौडिन थालेकी छे । मात्र सूक्ष्म...

निर्मला परिवेश राई,   फाल्गुन १, २०७७
छोरा वा छोरी सन्तान असल जन्मिएको राम्रो छोरा वा छोरी असल सन्तान जन्माउने चाह आमाको राम्रो असल सन्तान एक पनि लाख हुन्छ, चुम्ने सबै शिखर चुमेर छोड्छ घुम्ने सबै सन्तान घुमेर छोड्छ, ऊ मान्छे हो मानवताको अर्थ छोडेर मर्छ ।...

देवेन्द्र खेरेस,   फाल्गुन १, २०७७
बिगवेन भवनको टुप्पामा बसेर घडीको काटाँहरू घुमाउँछ र, मानिसहरूको दिमागमा डस्छ उसको छेउबाट बग्छ थेम्स नदी उसैको समय सिरानी लाएर सुत्छ/उठ्छ वेस्ट मिनिस्टर । यो सोर्हटनको तामाको भारी कसले उचाल्यो ? कहिलै प्रश्न उठ्दैन यो महलको भित्ता कसले उठायो ?...

बैरागी काइँला,   फाल्गुन १, २०७७
७ अक्टोबर, २०१५ एक रात हामीलाई न्यानो आतिथ्य प्रदान गर्ने टङ्क वनेमजी र उहाँको परिवारले प्राचीन बर्मिङघम सहर राम्ररी घुम्नेफिर्ने अवसर मिलाई दिनुभयो । खानापछिको समय वनेमजीको निवासबाट अलिकति हिँडेर हामीले बस चढ्यौँ र कतिबेर पनि नलागेकोजस्तो गरेर बर्मिङघम सहर...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
काठमाडौँ ।नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति कोटेश्वरको केटो लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको ११९ औँ जन्मजयन्ती काठमाडौँको कमलपोखरी तथा प्रज्ञा भवन परिसरमा अवस्थित समको प्रतिमामा माल्यर्पण गरी उहाँप्रति भावपूर्ण श्रद्धा व्यक्त गर्नुका साथै सोही दिन साँझ भर्चुअल विचारगोष्ठीको...

हरिविनोद अधिकारी,   माघ २४, २०७७
मेरा पुराना यादहरुलाई मैले कुनै क्रमबद्धरुपमा लेखेको हुँदै होइन । तर यसको क्रम भनेको मेरा मनमा आउने विभिन्न भावना, विचार र परम्परागत या अपरम्परागत धारणाहरुलाई लिपिबद्ध गरिएको मात्र हो । ती दिनहरु अब कहिल्यै फर्कँदैनन् जुन दिनहरु बालापनमा बिते, यौवनावस्थामा...

सीताराम नेपाल,   माघ २४, २०७७
लड्नु र उठ्नु राजनीतिको खेती दुनियाँ भरी समय बित्यो भाषण र गफैले सिन्को भाँच्चेन सिस्नुपानीले नहान्दा बेलैमा बिग्रियो मति परेवा जोडी गुँडमा छैन हेर कलह गर्दा बाटो छुट्टियो अनन्त यात्रा हाम्रो अच्कल्टो पारी नदी किनार ऊ उता म यता रे...