बैशाख १५, २०८१, शनिबार

५२० समाचारहरू

एजेन्सी,   बैशाख ४, २०७९
युक्रेनको राजधानी किभमा रहेको एउटा सैन्य हार्डवेयर कारखानामा रुसी आक्रमण भएको छ । राजधानी किभबाहिर मिसाइल युनिटमा बम प्रहार गरेको एक दिनपछि सैन्य हार्डवेयर कारखानामा सो हमला भएको हो । किभका मेयर भिताली क्लित्सकोले दार्निर्स्की जिल्लामा विस्फोट भएको बताए ।...


एजेन्सी,   चैत्र २४, २०७८
युक्रेनमाथि आक्रमणको जबाफ स्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको...

एजेन्सी,   चैत्र २४, २०७८
रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।रुसी सेनाले पूर्वी युक्रेनको दोनबासक्षेत्रमा आक्रमणकालागि पुनः संगठित र अनुसन्धान संचालन गरिरहेको छ, युक्रेनी सशस्त्र बललेयुद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । रुसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा...

एजेन्सी,   चैत्र २३, २०७८
संयुक्त राज्य अमेरिका, बेलायत र अस्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स...

एजेन्सी,   चैत्र २३, २०७८
श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् । सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए । नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार...

एजेन्सी,   चैत्र २३, २०७८
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएकोर रुसी ट्यांकले मानिसहरूलाई आनन्दकालागि किचेको बताए । बुचाशहरमा सडकमा लडिरहेका शवहरूकाभयानक तस्बीरहरूको विश्वव्यापी...

एजेन्सी,   चैत्र २२, २०७८
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारबाट ४० भन्दा बढी सांसदले छाडेका छन् । राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० जना सांसदहरूले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । आर्थिक र विदेशी मुद्रा संकटका कारण...

एजेन्सी,   चैत्र २२, २०७८
श्रीलंकामा मंगलबारदेखि आपत्कालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ ।औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो । यसअघि आपत्कालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको...

एजेन्सी,   चैत्र २२, २०७८
युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टीएयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ । रुसी आक्रमणबीच अमेरिकाले अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दूरीका रकेट...

एजेन्सी,   चैत्र १६, २०७८
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार अस्ट्रेलियाको संसद्लाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले भिडियोमार्फत संसद्लाई सम्बोधन गर्ने अस्ट्रेलियाका रोजगारमन्त्री स्टर्ट रोबर्टले जानकारी दिएका छन् । मन्त्री रोबर्टले रुसी हमलाको युक्रेनले साहसपूर्वक प्रतिकार गरेको बताएका छन् । युक्रेनले रसियाको अप्रत्याशित...

एजेन्सी,   चैत्र १५, २०७८
युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा २ देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो । युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ । रुसी...

एजेन्सी,   चैत्र १४, २०७८
युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबर्जस्ती आफ्नो भूभागमा लगेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी बन्दरगाह शहर मारिओपलमा पछिल्लो २सातादेखि रुसी हमला जारी छ । रुसले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको...

एजेन्सी,   चैत्र १३, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि रणनीतिक रूपमा बिफल भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र...

एजेन्सी,   चैत्र १३, २०७८
२४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् ।युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन् । 'यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो, राष्ट्रसंघीय बाल कोष युनिसेफले भनेको...

एजेन्सी,   चैत्र १०, २०७८
रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पूरा भएको छ । रुसले गत २४ फेब्रुअरीका दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा७देखि १५ हजार रुसी सैनिक मारिएकादाबी उत्तर एट्लान्टिक सन्धिसंगठन (नेटो)ले...

एजेन्सी,   चैत्र ९, २०७८
दक्षिणी इजरायली शहर बेरसेवामा भएको हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । ३ जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको...

एजेन्सी,   चैत्र ८, २०७८
बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म आरआरआर आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ ।...

एजेन्सी,   चैत्र ८, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा युद्ध अपराधका प्रमाणहरू संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्द आक्रमण गरेको आरोप लगाएको छ...