बैशाख १८, २०८१, मंगलबार

प्रा.डा. विद्यानाथ कोइराला,   फाल्गुन २५, २०७६
शिक्षण कला फेर्नै पर्छ । मैले खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा सबै शिक्षक साथीहरूलाई सोधेँ, तपाईंको टाउकोमा कतिवटा रौँ हुन्छन् ? कसैले पनि उत्तर दिनुभएन । उहाँहरूले गन्नुभएकै थिएन । एकअर्काको जुम्रा हेरेकाले पनि कपालको रौँ भने गनेका थिएनन् । रौँ गन्नलाई...
इन्दु शर्मा/ शर्मिला खड्का,   फाल्गुन २५, २०७६
प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन २३, २०७६


इन्दु शर्मा,   फाल्गुन २२, २०७६
काठमाडौंको सडकमा पैदल वा यातायातका साधनमा यात्रा गर्ने अधिकांश मानसिले देखेको कुरा हो विभिन्न स्कुल बसमा बालबालिकाहरू निदाइरहेका हुन्छन् । यसरी किन बालबालिकाहरू निदाइरहेका छन् ? भन्यो भने सहज जवाफ पाइन्छवास्तवमै बालबालिकालाई चैनको सास फेर्ने फुर्सदसम्म छैन । यसको प्रमुख...

शर्मिला खड्का,   फाल्गुन २०, २०७६
आज ३ मार्च अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तुहरूको संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । संसारभरका जंगली जनावर र बिरुवाहरूको महत्त्व दर्शाउँदै विश्व समुदायलाई जागरूक बनाउने हेतुले विश्वका विभिन्न देशहरूमा विभिन्न कार्यक्रमका साथ यो दिवस...

प्रा.डा.डम्बरबहादुर कार्की,   फाल्गुन २०, २०७६
हाइपोथालामस भनेको मस्तिष्कको एउटा भाग हो । स्वचालित स्नायु पद्धति अर्थात् अटोनोमिक नर्भस सिष्टमलाई नियन्त्रण गर्ने स्थान पनि यही नै हो । शरीरका अंगहरूलाई यो स्नायु पद्धतिले नियन्त्रण गर्छ ।यी स्वचालित स्नायु पद्धति पनि दुई प्रकारका हुन्छन् । एक प्रकारलाई...

निर्जला कक्षपति,   फाल्गुन २०, २०७६
नेताले जनताको लाठी, ढुंगामुढा र जुत्ताको हिर्काइ खानु अवश्य पनि राम्रो कुरा भने अवश्य होइन । नेताले राम्रो काम गरे ताली पाउनु र जनतालाई ढाँट्ने र भनेको काम नगर्दा भने जनताबाटै लात खानुलाई भने स्वाभाविक रूपमा लिइन्छ । हाम्रो देशमा...

राजकुमार महर्जन,   फाल्गुन १९, २०७६
तपाईंले मनन् गर्नुपर्ने कुरा यो छ कि तपाईंको सन्तान तपाईंले होइन, केवल तपाईंमार्फत् रचिएका हुन् । तपाईंले जस्तो मन लाग्यो, उस्तै चलाउन तिनीहरू तपाईंको निजी सम्पति होइनन् । यदि तपाईंले उनीहरूलाई आफ्नो सम्पति जस्तो व्यवहार गर्नुभयो भने तपाईंबाट सृष्टिकर्ताको अपमान...

तीर्थ प्रसाईं,   फाल्गुन १९, २०७६
हिजो दिउँसो रतन तिरुवा नामका एक २२ वर्षीय जुम्ली युवाले राष्ट्रिय सभागृहमा आयोजित स्व. भरतमोहन अधिकारको प्रथम स्मृतिसभामा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेको खबर जंगलमा डढेलो फैलिएजस्तै फैलियो । एकातिर तिरुवाले आफू शहीद परिवारको बताएको र काठमाडौं बसेर लोकसेवाको...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७६
आज मार्च १ अर्थात् शून्य भेदभाव दिवस । शून्य भेदभाव दिवस संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले मनाउने अर्को एक दिवसको रूपमा लिइन्छ । यो दिवस संयुक्त राष्ट्र सङ्घका सबै सदस्य राष्ट्रहरूमा कानुन र व्यवहारलाई परिवर्तन गरी समान्त बढाउने...

प्रा.डा. विद्यानाथ कोइराला,   फाल्गुन १८, २०७६
अहिले स्थानीय पाठ्यक्रम बनाउने क्रम विस्तारै सुरु भएको छ । यो अहिलेको चिन्तन भने पक्कै होइन । स्थानीय पाठ्यक्रम बनाउने सोच पंचायतको पालादेखिको हो । त्यो बेलामा २० प्रतिशत स्थानीय पाठ्यक्रमलाई तौल दिइएको थियो तर त्यतिखेर त्यो छुट्टै विषय हुने...

रामप्रसाद कँडेल,   फाल्गुन १६, २०७६
नेपाली समाज अनेकन् संस्कार,संस्कृति, परम्पराहरूले सुसम्पन्न रहेको छ । यसलाई नेपाली समाजको ठुलो पुँजीको रूपमा लिने गरिएको छ । त्यसै कारणले संसारकै जीवित सांस्कृतिक सम्पदा भएको नेपाली समाजको पहिचान बनिरहेकाे र परिचितछ । नेपाली समाजसँग हरेक चाड, पर्व, उत्सव, महोत्सव,...

रमेश भट्टराई ‘सहृदयी',   फाल्गुन १६, २०७६
चिनौँ आफ्नो माटोःबनाऔँ आफ्नो देश भन्ने सिद्धान्त त गजबको छ । अहिले बल्ल हाम्रो देशको सीमाभित्र पर्ने लिम्पियाधुरा, लिपुलेकको जमिन समेट्नुपर्छ भन्ने बुद्धि हामीमा पलाएको छ । साक्षर नेपाल घोषणा गर्ने, विद्यालयलाई समायोजन गर्नेजस्ता विषयलाई हाम्रो देशको भौगोलिक, सामाजिक अवस्था...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७६
आज फागुन १५ अर्थात् मगर दिवस । नेपालको पुरानो आदिवासी समुदायमा पर्छ मगर समुदाय । मगर समुदायको अधिक बसोबास पश्चिम नेपालको हिमाली भेगदेखि काली गण्डकी नदीको किनारको बारी र पारी बस्तीहरूमा फैलिएर रहेको पाइन्छ । मगर समुदायका पुर्खाहरू मंगोलियन जातिका...

शर्मिला खड्का,   फाल्गुन १५, २०७६
आज विश्व गैरसरकारी संस्था दिवस । विश्वका विभिन्न देशका अलावा नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सन् १९४५ संयुक्त राष्ट्र सङ्घको नव निर्मित चार्टरको एक अनुच्छेदमा पहिलो पटक गैरसरकारी सङ्गठनको रूपमा उल्लेख गरिएको दिनलाई गैर सरकारी संस्था...

बम बानियाँ,   फाल्गुन १४, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औँ जन्मदिनले एउटा तरंग नै फैलियो । विभिन्न संचार माध्यम, सामाजिक संजाललगायतमा नेपालको नक्सा अंकित १५ किलोको केक र ओलीको जन्मदिनका बारेमा आलोचनात्मक टिप्पणीहरू भए । जन्मदिन मनाउनु कुनै अस्वाभाविक संकृति होइन । हामी जोकोहीले विभिन्न...

निर्जला कक्षपति,   फाल्गुन १३, २०७६
प्रधानमन्त्री ज्यू, सधैभर केक देख्दा मेरो मुख रसाउने गर्थ्यो, तर हिजो हजुरले ६९ जन्मोत्सवको अवसरमा नेपालको नक्सा आकारको केक काटेको देख्दा मेरा आँखा रसाए । आफ्नो देशको नक्सा बनाएर कसैले केक काट्न ल्याउँछ भने साधारण मानिसको मन त एक पटक...

रीना भट्ट,   फाल्गुन १३, २०७६
राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेपालमा व्यवस्था परिवर्तन भयो तर मानिसको व्यवहार र सिस्टम परिवर्तन भएन । उही व्यवहार भएका मानिसहरू पुनः दोहोरिएर शासनमा आए । मानिसको नाम परिवर्तन भयो तर प्रवृत्ति परिवर्तन भएन । संसदमा जनप्रतिनिधि निर्वाचित हुनलाई राम्रो कामको प्रतिस्पर्धा...

भरत भूसाल,   फाल्गुन १३, २०७६
अहिले छिमेकी राष्ट्र चीन नयाँ समयको युद्धसँग जुधिरहेको छ । हाम्रा पौराणिक कथाहरूमा वर्णित समुद्र मन्थनबाट निस्किएको बिष पिएर भगवान शिवजी नीलकण्ठ भएजस्तै सँधियार चीन कालकूट बिष कोरोना भाइरस एक्लै पिउन बाध्य छ । आफ्नो देशमा आएर संक्रमणको शिकार भएका...

तीर्थ प्रसाईं,   फाल्गुन १२, २०७६
मानौँ कि तपाईं हामी नेपाली नबोलेर चिनियाँ वा अंग्रेजी भाषा बोल्थ्यौँ । अब सोचौँ, के हामीले नेपालीबाहेक अर्को भाषा बोलेको भए हाम्रो गाउँ ठाउँ, हाम्रो वरिपरिका भौतिक संरचना उस्तै रहन्थे ? अर्थात् हामीले बोल्ने भाषाले हाम्रो वरिपरिका भौतिक वातावरणमा कस्तो...